असिना पानीले गहुँबाली नष्ट

१७ चैत, २०७६   |  

आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई  नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् ।

 

बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत अछाम जिल्लामा असिनाले  बालीमा क्षति  पुर्याएको  बुढीगंगा नगरपालिका १ का  धर्मबहादुर भण्डारीले जानकारी दिए । 

हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई  नष्ट पारेको स्थानीय शंकर उखेडाले बताए ।  ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ । बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका  नरबहादुर बताए । 

जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगा सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । यस अघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।



Developed by Smart Innovation