सगरमाथा राष्ट्रिय निकुञ्जमा छ वटा कस्तुरी मारिएसगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् ।

३० असार, २०७७   |  इकोखबर

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार सोलुखोम्वु जिल्लाको खुम्बु पासाङ्गल्यामु गाउँपालिका अन्र्तगत वार्ड नम्वर ४ को क्यान्जुवा जंगल क्षेत्रमा मृत अवस्थामा ६ वटा कस्तुरी मृग भेटिएका हुन । 

आइतबार कस्तुरी मृत अवस्थामा देखेपछि स्थानीयले खबर गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । मृत अवस्थामा भेटिएका कस्तुरीको अवस्थाले तस्करले करिव एकहप्ता अघि ती कस्तुरी मारेको हुनसक्ने उनको  भनाई छ । 

मृतक कस्तुरीको बीना तस्करले लगेका छन् । मृतक कस्तुरी मध्ये २ वटा भाले र १ वटा पोंथीको मात्र पहिचान भएको छ । बाँकी को पहिचान हुन नसकेको उपाध्यायले बताए । 

खुम्बु पासाङ्गल्यामु गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पाले निकुञ्ज प्रशासनको गम्भीर लापरवाहीका कारण निकुञ्जभित्र ठूलो मात्रामा कस्तुरी मारिएको बताए । 

“यो निकुञ्ज प्रशासनको गम्भीर लापरवाही हो, यसको जिम्मा निकुञ्जले लिनुपर्दछ,” गाउँपालिका अध्यक्ष शेर्पाले भने “निकुञ्ज संरक्षणकै लागि भनेर सेना सहित करिव २ सय जनशक्तिले के हेरेर बसेको छ ।”

सगरमाथा राष्ट्रिय निकुञ्जमा निकुञ्जका ९० जना र निकुञ्ज सुरक्षाको लागि १ सय ५० जना नेपाली सेनाको टोली खटिएको छ ।

 
घटनाको विषयमा सम्वन्धित वार्डको वार्ड अध्यक्षलाई यथार्थ बुझेर जानकारी गराउन भनेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । त्यसबाहेक सगरमाथा राष्ट्रिय निकुञ्जको लुक्ला स्थित मध्वर्ती क्षेत्रमा पर्ने गुराँसको जंगल फंडानी भएको छ । 

निकुञ्जका संरक्षण अधिकृत उपाध्यायले सामुदायिक वनका अध्यक्ष आङसोना शेर्पाले जंगल फंडानी गरेको रिर्पोट प्राप्त भएकाले त्यसबारेमा कर्मचारीलाई बुझ्न खबर पठाइएको बताए । 



Developed by Smart Innovation