जलवायु परिवर्तन सम्बन्धमा नेपालको भूमिका विषयमा छलफल

६ फागुन, २०७७   |  इकोखबर

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका मन्त्री एवं संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी पक्ष राष्ट्रको २६औँ सम्मेलनका अध्यक्ष आलोक शर्माबीच जलवायु परिर्वतन विश्व सम्मेलनमा नेपालको भूमिका तथा योगदानलगायतका विविध विषयमा छलफल भएको छ । 

सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा विहिबार भएको भेटमा  द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री आलेले नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए ।  

भेटका क्रममा मन्त्री आलेले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारेका थिए । नेपालको जलवायु परिर्वतन गर्न योगदान नगन्यमात्रामा भए पनि यसको असरबाट अतिप्रभावित मुलुक रहेको स्मरण गराउँदै नेपाललाई अनुकूलनको क्षेत्रमा सहयोग गर्न मन्त्री आलेले आग्रह गर्नुका साथै नजिकिँदै गरेको जनवायु परिर्वतनसम्बन्धी विश्व सम्मेलनलाई नेपालले नजिकबाट बताए ।
उनले जलवायु परिर्वतनका कारण  हिमालमा हिउँ पग्लँदै गएको, हिमाली जनजीवन प्रभावित हुँदै गइरहेका अवस्थामा कोप २६ मा नेपालले आफूलगायत हिमाली मुलुकको विषयवस्तुलाई जोडदारका साथ राखिने जानकारी दिए । 

भेटका क्रममा बेलायतका मन्त्री एवं संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी पक्ष राष्ट्रको २६औँ सम्मेलनका अध्यक्ष शर्माले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा आर्थिकलगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए  । अध्यक्ष शर्माले नेपालका लागि जलवायु परिर्वतन अनुकूलनका क्षेत्रमा आवश्यक सहयोग रहने विश्वास दिलाए।

शर्माले आजै वन तथा वातावरण मन्त्रालयमा कार्यरत सचिव तथा अन्य कर्मचारीसँग आगामी जलवायु परिर्वतन सम्मेलनमा आपसी साझेदारी, भावी कार्यदिशा, नेपालको अपेक्षा र नेपालका तर्फबाट गर्नुपर्ने योगदानका विषयमा छलफल गरेका थिए । 



Developed by Smart Innovation