कार्बनफुटप्रिन्ट र उत्सर्जित शङ्का

१५ फागुन, २०७७   |  विजय हितान


बिहान 
एली कार लिएर बिहानै आइन् । हामी लाग्दै गरेको आजको गन्तव्यस्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ । 

‘गुड मर्निङ एली । कस्ती छौ, सप्तान्त कस्तो बित्यो ?  मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ ।

‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । माफ गर, मेरो कार अलि फोहोर होला है ?  के गर्ने कारमा कुकुर राखेर हिँडाउनुपर्छ ।’ कारलाई हाइवेतिर हुइँया हुइँक्याउँदै मलाई पनि प्रश्न गरिन्, ‘तिमी नि ? ’ 


‘म पनि कतै गइनँ । हार्बर हुँदै सामुद्रिक तटैतट मर्निङ वाक गरेँ । समुद्रको छालले सुनाउने सङ्गीत सुन्दै किनारमा भेटिने प्लास्टिक फोहोरहरूसँग सम्वाद गर्दै ।’ हुईं हुईं गर्दै गुडेका गाडीहरूका दृश्यतिर आँखा घुमाउँदै मैले भनेँ । 

सबैलाई हामीजस्तै आफ्नो स्थानमा पुग्न हतार छ । त्यसैले त एकले अर्कोलाई उछिनेर अगाडि बढ्दै छन्, थाहै नपाई, पछाडिको एक्जस्ट पाइपबाट वातावरणको घाँटी निमोठ्ने कार्बनडाइअक्साइडजस्ता दूषित ग्यास उत्सर्जन भएको छ भनेर । 

यो कस्तो मूलबाटो हो जहाँबाट हजारौँ मानिस प्रतिघण्टा आवतजावत गर्छन् । तर नमस्कार, कहाँबाट आउनुभएको रु कहाँ जाने हो रु भनी सोध्ने फुर्सद छैन कसैलाई । यो हल्लैहल्लाको मूलबाटो । तर एकान्तमा यो दिनरात लम्पसार परिरहेको छ । झ्यालको सिसा झारेँ एकैछिन फ्रेस हावा लिन । बाहिर खोला

सुसाएको जस्तै सुसाइरहेको थियो हाइवे । 

’त्यसरी मर्निङवाक गर्दा रहेछौ र त यो उमेरमा पनि जवान देखिन्छौ ।’ उनले मिरोरमा आफूलाई हेर्दै सद्भावका शब्दहरू बर्साइन् । 

म गमक्क परेर धन्यवाद दिँदै भनेँ, ’एउटा कुरा सोधूँ तिमीलाई ?

भन न के हो रुु उनले जिज्ञासा देखाइन् । 

मैले भनेँ, ‘भो भन्दिनँ, कतै तिमी रिसाउने हौ कि ?

सधैँ आफैँले कार चलाएर हिँड्न अल्छी लाग्छ । संसारमा कसैलाई हिँड्दा हिँड्दा दुःख छ भने कसैलाई कारमा चड्दा पनि दुःख नै छ । यस्तै होला है विकसित राष्ट्रको शहरीया जीवन १  आज एलीले मलाई आफ्नो कारमा हालेर हिँडाउँदा धेरै आनन्द आएको छ । त्यसैमा एलीजस्ती सुन्दरी युवतीले हाँकेको गाडीमा बस्न पाउँदा के चाहियो र १ गोरेनी युवतीहरू छालैले राम्रा देखिन्छन् ।  गालाको डिम्पल र ब्ल्यान्ड केसले झनै राम्री देखिन्थिन् एली 

‘अगाडि राम्रोसँग हेरेर चलाऊ । हतार नगर । समयमै पुगिन्छ ।’ उनीतिर पुलुक्क हेरेर सावधानी गराउँदै भनेँ । 

उनी भने मलाई देखाउन थियो कि के हो रु निक्कै स्पिडमा हाँक्दै थिइन् । स्पिड लिमिट सत्तरी तर असी माइल प्रतिघन्टामा कार अगाडि बढ्दै थियो । बसका ड्राइभरले आफ्नो नजिकै राम्री तरुनी बसेका छन् भने खुबै  हाँक्नुपर्छ  नि  बस,  त्यस्तै  गरी  ।

आधा बाटो काटिसकेका थियौँ होला आकाश खनिन थाल्यो कारको स्क्रिनमा । 

‘डरायौ  तिमी निर्धक्कै बन । तिमी यताउता भइहाल्यौ भने म सम्हालिहाल्छु नि ।’ उनले कारको रुझेको अनुहार वाइपरले पुछ्दै सान्त्वना दिँदै भनिन् ।


समयमै लन्डन पुग्यौँ । आआफ्ना नाम रिसेप्सनमा दर्दा गरायौँ । आफ्नो नाम अङ्कित ब्याज भिरेर एउटै लाइनको कुर्चीमा वल्तिरपल्तिर बस्यौँ ।

‘फोहोर पानी प्रशोधन केन्द्र र यसले पार्न सक्ने वातावरणीय प्रभाव’ शीर्षक थियो पारि भित्तामा प्रदर्शन गरिएको पावरपोइन्टको । 

घरबाट टेक्स आयो, ‘बिहानै हिँड्नुभएछ आज त, म विस्तारामै हुँदै । तपाईंको कार त यहीँ छाड्नुभएछ ।’ 

मैले टेक्स फर्काएँ, ‘हो, हामीले कार शेयर ग¥यौँ । एलीले मलाई ड्राइभ गरेर ल्याइन् । म अहिले एउटा वातावरणीय सेमिनारका लागि लन्डन आएको छु ।‘ 

‘ए त्यसो पो १ खुबै मज्जा भएछ है, बाई ’ उताबाट फ्याट्ट रिप्लाई आयो ।

केहीबेर फोनमा आँखा घुमाइराखेँ, उताबाट अरु कुनै रिप्लाई आएन । 

परार एक बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित प्रशोधन केन्द्रको मेसिन बिग्रिन जाँदा फोहोरमैलाको ढल विनाट्रिटमेन्ट पानीमा मिसियो । फोहोर पानी नदीमा पस्दा माछाजति सोत्तर परे । मरिनामा राखिएका डुङ्गाहरूलाई प्रदूषणले ठूलो असर पारेको थियो । यहाँ वातावरणलाई प्रदूषण गर्नु अपराध हो भन्ने कानुनी विषयलाई एन्भाएरोमेन्ट एजेन्सीले अनुसन्धान गरेर उक्त कम्पनीलाई अदालतमा उभ्याएको थियो । मुद्दा जितेर बीस मिलियन पाउन्ड पनि जरिवाना तिराउने सफलता मिलेको थियो । त्यो मुद्दा कसरी तयार पारियो,  के के सिकियो, तिनै कुराहरू शेयर गर्नु सेमिनारको औचित्य थियो । 

मोबाइलमा फेरि अर्को टेक्सको घन्टी बज्यो, ’कती बजे आइन्छ त रु सदाकै नर्मल टाइममा होला नि’

‘अँ, छ बज्नुअगाडि आइपुग्छु ।’, मैले टेक्स रिप्लाई गरेँ ।

हामी कार्यक्रम सकिएपछि घरतिर फक्र्यौं ।


साँझ
एलीले मलाई मेरो घरअगाडि ल्याइपु¥याइन् । 

‘एकैछिन भित्र बसौँ । कफी पिएर जाउली ।’, झर्नेबेला मैले अफर गरेँ । 

‘ठिकै छ, अबेर भयो, तिम्रो परिवारलाई डिस्टर्ब होला, धन्यवाद । बरु, बिहान के भन्छु भन्थ्यौ नि, त्यो कुरा भन न, के हो रु’ उनले भनिन् । 

‘भो पछि भनुँला । ऐले भन्ने उचित वातावरण बनेन ।’, भनेर मैले टारिदिएँ । 


बिहान अफिसमै भेट्ने भनी बाई गर्दै उनी हुइँकिन् । 

मैले ढोकाको बेल बजाएँ । साँझको आठ बजिसकेछ । लामो ट्राफिक जाममा परियो हाइवेमा । दुर्घटनाले बाटो बन्द नभएको भए अघि नै आइपुग्ने नि । चाबी निकालेर ढोका खोलेँ । 

उनको काम आज चार बजे सिद्धिनुपर्ने कहाँ गइछन् ’ भन्दै फोन गरेँ, लागेन । किचनमा पसेँ, सुनसान थियो । माथि शयन कक्षमा उक्लेँ । ढकढक गरेँ, खुलेन । निलम । निलम।। भनी चिच्याएँ । 

एकैछिनपछि कसैले घरको मुलद्वार ढकढक ग¥यो । चाइनिज टेकअवे ल्याएको गोरो केटो रहेछ । 

ए तिमी  कति हो 

एघार पाउन्ड पचास पेन्स, कृपया । 

यी, लौ । 

धन्यवाद ।

भोक लागेको थियो । स्पेयर रिफ र नुडल खाएँ । अनि टिभी हेर्दाहेर्दै सोफामै निदाएछु ।

अर्को बिहान 
घडीको अलार्मले निद्रा खोलिदियो । म जुरुक्क उठेँ । थकित जस्तै महसुस भएको पाएँ । उनको ढोका अझै बन्द थियो । म एक कप कफी पिएर हिजोकै सुटमा अफिस लागेँ । अफिस लाग्नुभन्दा अघि एउटा नोट लेखेर टेबुलमा छाडेँ । 

‘निलम, 

म के साधनको प्रयोग गर्छु मेरो कार्बनफुटप्रिन्ट त्यसमा निर्भर गर्छ । तिमीलाई थाहै छ, कार्बनडाइअक्साइडको वायुमण्डलमा उत्सर्जनको कारण नै जलवायु परिवर्तनको असर हो । हाम्रो अफिसको पोलिसी तिमीलाई विदितै छ, पहिला हिँडेर जानु या साइकल चलाएर । यी दुईबाट पुग्न असम्भव छ भने कि रेल कि बस समात्नू । यी पनि सम्भव हुँदैन भने मात्रै अन्त्यमा कार प्रयोग गर्नू । अन्य सहकर्मी पनि एउटै ठाउँमा जाँदै छन् भने कार शेयर गरेर जानू ।

यसै पोलिसीलाई पालना गर्ने क्रममा म एलीसँगै लण्डन गएको हुँ । हामीले हिजो कार शेयर गर्दा धन्दै २४ किलो कार्बन उत्सर्जन हुनबाट जोगाएका छौँ । जसरी तिमी मेरो जीवनसँगी बनेकी छौ । मलाई लाग्छ, तिमी मजस्तै वातावरण मैत्री पनि छ्यौ । 

तर याद गर कार्वनफुटप्रिन्ट घटाएर वातावरण जोगाउन खोज्दा घरवार नजोगिने भयो भने म अब यस्तो कहिल्यै गर्नेछैन १ हुन्छ, भरे भेटौँला ।
 
–उही तिम्रो हब्बी

अफिसमा
एली कफीका लागि केटलमा पानी बसाल्दै थिइन् । म टुप्लुक्क पुगेँ ।

‘मलाई पनि हो, कफी ।  

‘हिजो के कुरा भन्छु भन्थ्यौ, भन न, प्लिज ।’ 

‘तिमीले कुकुरहरू पालेकी रहिछौ । यहाँ फुटपाथ र पार्कतिर कुकुरको गु टेक्दै हिँड्नुपर्छ । उता नेपालका बाटाहरूमा मान्छेका गु किच्दै हिँड्नुपर्छ । तिमीले त उठाउँछ्यौ होला नि तिम्रो कुकुरको गु र हाल्छ्यौ होला ढ्वाङमा ।ु
 
आफ्ना सन्तानभन्दा पनि बढी कुकुरलाई माया गर्ने एलीले आफैँलाई मात्रै कफी बनाइन् । उनी दिनभर बोलिनन्।

कार्बनफुटप्रिन्ट घटाउन खोज्दा उता स्वास्नीको ईश्र्या बढ्ने, यता सहकर्मी रिसाउने 

गाह्रो विषय हो वातावरण संरक्षण ।



Developed by Smart Innovation