हुम्लाका गाउँमा जलवायू कचहरी

२७ फागुन, २०७७   |  इकोखबर

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड–८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग, किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण र वडा कार्यालयको समन्वयमा जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । 

जिल्लाको तल्लो क्षेत्र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेकाले विभिन्न समयमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गरिँदै आएको बताइएको छ । जलवायु परिवर्तनका असरबाट पछिल्लो समय हुम्लामा हिमपात तथा वर्षा अनियमित हुने गरेको छ । 

वडा आठका महिला, पुरुष तथा बालबालिका उपस्थितमा जलवायु कार्यक्रममा जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोप आइपरेको जानकारी गराइएको किडार्क नेपालका सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले बताइन्।

जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भए पनि विपद्को अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई प्रभावित हुने गरेका छन् । 



Developed by Smart Innovation