इकोखबर


यतिवेला वातावरण र दिगो विकास कुनै एक मुलुकको मात्रै नभई विश्वको नै प्रमुख एजेण्डा हो । जलवायु परिवर्तन, बढ्दो शहरीकरण, मानिसको बसाईसराई र भौतिक विकासले समग्र वातावरणमा प्रतिकुल असर

गरिरहेको छ । विकासको नाममा हामीले हाम्रा प्राकृतिक स्रोत र साधनको अत्याधिक र अनियन्त्रित दोहन गरिरहेका छौँ । हाम्रो ध्यान हुनुपर्ने दीर्घकालिन विकासमा थियो, तर हामी अल्पकालिन र विध्वंशकारी

विकासको मोडल अपनाईरहेका छौ । विकासको यस मोडलमा तत्काल परिवर्तन आवश्यक छ । यसका लागि सामान्य जनतादेखि, निती निर्माण र राजनितिक नेतृत्वसम्मलाई हामीले बारम्बार झकझक्याउन र सूचित

गर्न आवश्यक छ । यति मात्र होइन्, वातावरण र दिगो विकासको पक्षमा शशक्त र गतिशिल वहश र पैरवीको खाँचो छ । तर, यस विषयमा निरन्तर खबरदारी गर्ने संस्थाको टड्कारो आवश्यकता हामीले देखेका छौ ।

यि सबै आवश्यकतालाई पुरा गर्नका लागि हामी इकोखबर लिएर आएका छौ । यसले सामान्य जनतादेखि उच्च नेतृत्वसम्मका गतिविधीहरुलाई नजिकबाट नियाल्ने छ, विकृतीमाथि निर्मम प्रहार गर्नेछ । वातावरण

संरक्षण हाम्रो वटमलाइन हो, त्यसका कसैसँग पनि सम्झौता हुने छैन् । व्यवसायिक पत्रकारितको माध्यमले हामीले वातावरणका सवालहरु उठाईरहने छौ । हामीलाई तपाईको निरन्तर साथ र सहयोगको खाँचो छ ।

हामी नीति निर्माताहरुको निरन्तर पहेरेदारी गर्नेछौ, तपाई हाम्रो पहेरेदारी गर्नुहोस । यसमा पत्रकारीतमा लामो समयदेखि खटिएको व्यवसायिक टिम संलग्न छ ।


इकोखबर


फोन नं :   ०१-४४४४४४३३, ९८४१२३६७९१
इमेल : info@ecokhabar.com.com



Developed by Smart Innovation