चुरे क्षेत्रमा केवलकार

९ फागुन, २०७७   |  इकोखबर

वुटवलमा यसै हप्ता दुईवटा केवलकारको शिलन्यास गरिएको छ । गत फागुन १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्विनी केवलकारको सिलन्यास गरेका थिए भने आइतबार अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ केवलकारको सिलन्यास गरेका छन् । यी दुवै केवलकार वन क्षेत्रमा सञ्चालन गर्न लागिएका हुन् । सिद्धार्थ केवलकारले ६.८ हेक्टर वन क्षेत्रलाई समेट्छ । केवलकार सञ्चालनका लागि सरकारले वन क्षेत्रको जग्गा उपयोगका लागि स्वीकृत समेत दिइसकेको छ । केवलकार सञ्चालन। गर्न लागिएको स्थान चुरे पहाड पर्दछ । कमसल मानिने चुरेमा भौतिक संरचना निर्माणले भू क्षयको सम्भावनालाई बढाएको छ । 

बुटवलमा आधार (बेस) स्टेशन रहेका यी दुवै केबलकारको अन्तिम स्टेशन भने पाल्पामा रहने छन् । बुटवलदेखि उत्तरपूर्व वसन्तपुर जोड्ने केबलकारको निर्माण लुम्बिनी केबलकार प्रालिले सुरू गरेको छ भने बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रालिले बनाउँदै छ ।

सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
विकासका काममा तीव्र गतिमा अगाडि बढेको रुपन्देहीका लागि केबलकार परियोजना रोलमोडल हुने उनको भनाइ छ ।

सरकारी क्षेत्रबाट निर्माण गरिएको परियोजनासँगै निजी क्षेत्रको लगानीमा निर्माण हुने यस्ता आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै उनले यी आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए । पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने बताए । ‘०४७ साल अगाडि हामी कहाँ थियौ, आज कहाँ छौं? विश्लेषण गरौं, क्रमिक रूपले हेरौं, रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्दैछ,’ पौडेलले भने । पौडेलले रुपन्देही विकास सिक्ने पाठशाला बनेको भन्दै आउने दिनमा अझै गतिशील बनाउन आग्रह गरे ।

सरकारले परियोजना भित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृति दिएको छ । १.९४ किलोमिटर लम्बाइको केबुलकारको लागि ८० करोड २५ लाख लागत अनुमान गरिएको गुरुङले जानकारी दिए । यो केवलकारमा २५ वटा गण्डोला हुने र दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने उनले बताए ।

केबलकारको एकतर्फी यात्रा ८ मिनेटको हुने छ । यो समूहले केवलकार संगै नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ भने बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका संरचना पनि बनाउने छ ।

 



Developed by Smart Innovation