हात्तीको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

२९ चैत, २०७७   |  इकोखबर

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा परेर गेरूवा गाउँपालिका—१ भटेराकी करिब ५५ वर्षीया भुन्टी बोहोराको मृत्यु भएको हो ।

उनी बाख्रा चराउन वकुवा सामुदायिक वनमा गएकी थिइन् । उनलाई जंगली हात्तीले आक्रमण गर्दा दिउँसो करिब २ बजे मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

घटनाको जानकारी पाएपछि निकुञ्जबाट प्रमुख संरक्षण अधिकृत, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली त्यहाँ पुगेका थिए । उनको शव खोज्न करिब एक घण्टा लागेको निकुञ्जले जनायो ।

सामुदायिक वनमा दुईवटा जंगली हात्ती देखिएको स्थानीयले बताएका छन् ।



Developed by Smart Innovation