रेडपाण्डाको छाला सहित तीन पक्राउ

२९ साउन, २०७८   |  इकोखबर

विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको छाला सहित कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन् । रेडपाण्डाको छाला कारोबार गर्न लागेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका वडा नं ५ शनिश्चरे बस्ने बर्ष २९ का खगेन्द्र पुरी, सोही स्थानका सौरब राजवंशी र आशिष जोगी रहेका छन् । 
उनीहरुलाई प्रहरीले बाणगंगा नगरपालिकाको सिद्धपुर स्थित् बराल होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए 



Developed by Smart Innovation