बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

२३ चैत, २०७७   |  इकोखबर

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने निकुञ्जका कार्यलयका कर्मचारी ३१ वर्षीय पुलिसराम थारु हुन् । 

उनी गैंडा गणना कार्यलयका लागि खटिएका थिए । आइतबार गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा लाई बाघले आक्रमण गरेको थियो ।

गत बुधबारदेखि गैंडा गणनामा खटिएका थारुको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।



Developed by Smart Innovation