बर्दघाटको जंगलमा कसरी भेटियो मृत बाघ ?

१६ माघ, २०७८   |  इकोखबर

पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्नेदेवी सामुदायिक बनमा मृत अवस्थामा  पाटे बाघ भेटिएको घटनाले राष्टिय निकुञ्ज भन्दा बाहिरको क्षेत्र बन्यजन्तुका लागि सुरक्षित  नभएको देखिएको छ । 


डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार शनिबार दिउसो बर्दघाट स्थित दाउन्नेदेबी सामुदायिक वनमा बयस्क पोथी बाघ मृत अवस्थामा भेटिएको थियो । 


राष्टिय प्रकृती संरक्षण कोष (एनटीएनसी) का बाघविज्ञ डा. चिरञ्जिवि पोखरेल उक्त बाघ  चितवन राष्टिय निकुञ्जबाट विचरणका लागि त्यस क्षेत्रमा गएको र त्यही क्रममा सिकारीको गोली लागेर घाइते भएको हुनसक्ने बताउँछन् । 

विश्ववन्यजन्तु कोष डब्लूडब्लुएफका कार्यक्रम निर्देशक शिवराज भट्टका भनाईमा निकुञ्ज क्षेत्रभित्र प्रयाप्त आहारा नभएपछि वन्यजन्तु निकुञ्जभन्दा बाहिर आउँछन् र   त्यही  क्रममा सिकारीको निसानामा वन्यजन्तु पर्ने गरेका छन् ।  “बन्जयन्तु अपराध निकुञ्ज भित्र र बाहिर उत्तिकै सम्भावना हुन्छ,” उनी भन्छन् । 


चुरे क्षेत्र वन्यजन्तु ओहोर दोहर गर्ने करिडोर हो । वन्यजन्तु विज्ञहरुका भनाईमा दाउन्नेको चुरे क्षेत्रमा यसभन्दा अघि पनि बाघ भेटिएको थियो । 

राष्टिय निकुञ्ज भन्दा बाहिर वन्यजन्तुको सुरक्षा गर्ने कुनैपनि संयन्त्र सरकारसंग छैन । जसका कारण पनि निकुञ्जभन्दा बाहिर वन्यजन्तु मारिने गरेका छन् । 



Developed by Smart Innovation