तस्वीरः नेपाली टाइम्स
काठमाडौं–उपत्यका सहित देशका विभिन्न ठाउँमा देखिएको प्रदुषण तत्काल नहट्ने भएको छ । पश्चिम क्षेत्रबाट उपत्यका प्रवेश गरेको बादलले छोपेपछि काठमाडौं उपत्यकामा झन प्रदुषण बढेको छ ।
बुधबारदेखि भने उपत्यका सहित देशभरको प्रदुषण हट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम क्षेत्रबाट उपत्यका प्रवेश गरेको बादलले छोपेपछि काठमाडौं उपत्यकामा झन प्रदुषण बढेको छ । “ पश्चिमबाट हाइक्लाउड आयो क्लाउड आएपछि यहाँको प्रदुषण ट्रयाप भएर भिजिवलिटि कम भएको छ,” मौसमविद सञ्जिव अधिकारीले भने “अहिले पानी पर्ने सम्भावना पनि छैन । हावाको गति पनि कम भएका कारण तत्काल प्रदुषण कम हुने सम्भावना छैन ।”
गण्डकी प्रदेशमा भने पानी पार्ने बादल विकास भएको छ । मंगलबार बुधबारदेखि अलि ठूलो सिस्टम आउन सक्ने सम्भावना देखिएको र त्यसपछि देशव्यापी रुपमा प्रदुषण अलि कम हुने मोसमविद अधिकारीले बताए ।