नेपालका विभिन्न हिमाल आरोहणका लागि ७३८ जनाले लिए अनुमति

३ बैशाख, २०७९   |  इकोखबर

काठमाडौं ।  वसन्तयाममा पर्वतारोहणका लागि अहिलेसम्म ७ सय बढीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म सात सय ३८ जनाले पर्वतारोहणको अनुमति लिएका हुन् ।

विभागले विभिन्न १९ वटा हिमालका ७० देशका १५५ महिला र ५८३ जना पुरुषले अनुमति लिएका छन् ।

सबैभन्दा भढी अमेरिकाबाट ११७ जना रहेका छन् । यस्तै नेपालबाट नौं महिला र ४६ पुरुष गरी ५५ जनाले अनुमति लिएका छन् ।

फ्रान्सका ५०, भारतका ५५, रसियाका २५, जर्मनी १६, स्पेन २३, अस्ष्ट्रेलिया २४, अस्ट्रिया १७, क्यानडा २८ जनाले अनुमति लिएका छन्।



Developed by Smart Innovation