मनाङमा यो वर्ष ७ हजार २० पर्यटक

२० साउन, २०७९   |  नवीन लामिछाने

बाह्य पर्यटकको रोजाईमा हिमाली जिल्ला मनाङ पर्ने गरेको छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिका सहित आउने पर्यटक मनाङ पुग्ने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव सँगाल्ने लक्ष्यका साथ यहाँ आउने गर्दछन्।

करिब दुई वर्ष भने कोभिड १९ को महामारीका कारणले पर्यटक आगमन ठप्प भयो। गत आर्थिक वर्षमा भने कोभिड १९ को सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटक बढेका हुन। कोभिड न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा भित्रिने कूल दुई लाख ८५ हजार ३६३ पर्यटकमध्ये मनाङमा मात्रै सात हजार २० पर्यटक भित्रिएका छन्। आर्थिक वर्ष २०७८/७९मा पुरुष चार हजार ७४९ र महिला दुई हजार २७० गरी कूल सात हजार २० बाह्य पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप )का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार मुख्य मौसम भएकाले आर्थिक वर्षको कार्तिकचैत्र र बैशाखमा बढी बाह्य पर्यटक भित्राएका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति लिएर प्रवेश  गरेको आधारमा यो तथ्याङ्क संकलन भएको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०७८/७९को साउनमा दुईभदौमा २०असोजमा ३२२कार्तिकमा एक हजार १५मङ्सिरमा ३६६पुसमा ८६माघमा ५१फागुनमा ५२८चैत्रमा दुई हजार ४७बैशाखमा एक हजार ९३६जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ।

यस अवधिमा पदयात्राको मुख्य मौसममा कोभिड १९को संक्रमण कम भएकाले बाह्य पर्यटक बढी भित्रिएको गौतमले बताउनुभयो। “जिल्लामा बाह्य पर्यटक भित्रिँदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ। बाह्य पर्यटकलाई अनुमति बिना प्रवेश दिइदैन भने आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन। शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो।

आव २०७७/७८मा कोभिड १९को माहामारीका कारण मनाङमा कूल ६०३ बाह्य पर्यटक भित्रिएको उहाँले बताउनुभयो। उहाँका अनुसार जिल्लामा सबैभन्दा धेरै सार्क राष्ट्रबाट पर्यटक भित्रिएका छन्। कोरोनाको पहिलोदोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै पर्यटकको आगमन वृद्धि हुन लागेको अवस्थामा पुन: कोरोनाको तेस्रो लहर आएपछि पदमार्ग सुनसान भएको थियो।

वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको छ। यस पदमार्गमा सबैभन्दा बढी फ्रान्सजर्मनीइटलीलगायतका देशका नागरिक मनाङको भ्रमणमा आउने गरेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन्।

पर्यटक हिमालीपहाडका दृश्यउच्च पहाडमनाङवासीको रीतिरिवाजप्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन्। थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्कीमनाङमुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ। काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित पैदल यात्राको सुरुवात गर्दछन्।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार



Developed by Smart Innovation