मौसम परिवर्तन भइरहेछः यी रोग लाग्लान्, यसरी बच्नुहोस्

२ माघ, २०७५   |  रातोपाटि सम्बाददाता

अब मौसम लगातार परिवर्तन भइरहेछ । चिसो मौसमबाट हामीले चाँडै नै गर्मीतिर लाग्दैछौं । अहिले बिहान बेलुका चिसो छ भने दिउँसो गर्मी भइसकेको छ । तर तपाईंलाई थाहा छ, यो परिवर्तन भइरहेको मौसम तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको छ । परिवर्तन भइहरको मौसमका कारण शारिरिक स्थितीमा निकै परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा यो परिवर्तनशील मौसमले तपाईंको स्वास्थ्यमा कस्तो असर पार्छ यस विषयमा जानकारी लिऔं ।

मौसम परिवर्तन हुँदा झेल्नुपर्ने सामान्य समस्याः

– परिवर्तन भइरहेको मौसममा कहिलेकाँही थकान महसुस हुने गर्दछ भने कहिले निन्द्रा लाग्ने गर्दछ ।

– यस्तोमा टाउको दुख्ने, छटपटी हुने र डर लाग्ने जस्तो समस्या हुन थाल्छ ।

– परिवर्तन भइरहेको मौसममा सबैभन्दा धेरै तनाव पनि हुने गर्दछ ।

– थुप्रै मानिसहरुलाई छाला पोल्ने, डाबर आउनेजस्ता समस्या हुनसक्छन् र छाला रुखो पनि हुनसक्छ ।

– धेरै मानिसहरुलाई पेट सम्बन्धि रोग पनि लाग्न सक्छ, पेट दुख्ने, भोक नलाग्नेजस्ता समस्या हुन सक्छ ।

– कति मानिसहरुलाई कफको समस्या पनि हुनसक्छ । यस्तोमा चुरोट पिउनु हुँदैन । मसालेदार खानाको सेवन गर्नुहुँदैन । धुँवा–धुलोबाट बच्नुपर्छ ।

– परिवर्तन भइरहेको समयमा कपालमा पनि निकै नराम्रो असर पर्ने गर्दछ । तर कपाल झर्ने समस्या केही समयको लागि मात्र हुने गर्दछ । टाउकोमा तेलको मसाज गर्दा यो समस्यालाई सुल्झाउन सकिन्छ । नरिवल, तोरी, बदाम, जैतुनको तेललाई मनतातो बनाएर लगाउँदा यस्तो समस्याबाट पार पाउन सकिन्छ ।

यस्तो किन हुन्छ ?

– जब मौसम निकै चिसोबाट अचानक गर्मीमा परिवर्तन हुन्छ वा निकै गर्मीबाट अचानक चिसो हुनथाल्छ, यस्तो अवस्थामा शरिरले रि–ब्यालेन्स हुन समय लिने गर्दछ ।

– कति मानिसको रोग प्रतिरोधी क्षमता यति कमजोर हुने गर्दछ कि मौसम थोरै परिवर्तन हुँदा पनि बिरामी हुने गर्दछन् ।

– मौसम परिवर्तन हुँदा आद्रता पनि बढ्ने गर्दछ । यसका साथै अल्ट्रा भ्वाइलेट्समा परिवर्तन पनि आउने गर्दछ । साथै, तपाईंको स्नायु प्रणली, हृदय प्रणली र एन्ड्रोसिन सिस्टममा पनि प्रभाव पार्ने गर्दछ ।

– थुप्रै मानिसहरुमा मौसम परिवर्तन हुने बित्तिकै मनोवैज्ञानिक परिवर्तन पनि हुने गर्दछ । मौसम परिवर्तन हुँदा रोग प्रतिरोधी क्षमतामा दबाब पर्ने गर्दछ । जसका कारण शरिरले अचानक संक्रमण र भाइरससँग लड्ने क्षमता राख्न सक्दैन । यसैकारण मौसम परिवर्तन हुने बित्तिकै मानिसहरु बिरामी पर्न थाल्छन् ।

मौसम परिवर्तनबाट कसरी बच्ने ?

रोग प्रतिरोधी क्षमतालाई वृद्धि गर्नुहोस्ः

सबैभन्दा आवश्यक कुरा तपाईंले आफ्नो प्रतिरोधी क्षमतालाई बलियो बनाउनुहोस् । यदि तपाईं स्वस्थ रहनुहुन्छ भने तपाईंको प्रतिरोधी क्षमतामाथि कम असर पर्ने गर्दछ ।

भिटामिन सीः

भिटामिन सीको सेवन गर्नुहोस् । यसले तपाईंको प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ । यसले तपाईंलाई रुघा–खोकी, ज्वरोबाट बचाउँछ । साथै तपाईं निकै चाँडै पनि ठिक हुन सक्नुहुन्छ ।

पानी पिउनुहोस्ः

 परिवर्तन भइरहेको मौसममा पानी पिउनु अत्यावश्यक हो । यदि तपाईं दैनिक कम्तीमा पनि आठ ग्लास पानी पिउनुहुन्छ भने तपाईंको शरिर डिटक्सीफाई हुने गर्दछ ।



Developed by Smart Innovation