मोडल फार्म स्थापना गर्न १० लाख सम्म अनुदान दिंदैं सुदूरपश्चिम सरकार

११ फागुन, २०७६   |  

दिपायल। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशुपन्छीं मोडेल फार्म स्थापना तथा संचालनका लागि परियोजनाको लागि बढीमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउने भएको छ । यसका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषि सहकारी, कृषि समूह आदिले सूचना प्रकाशित भएको मितले ३० दिन भित्र सम्पर्क गर्न सक्नेछन् ।

संचालन हुने मोडल फार्मका किसिम :
१. मोडल फार्म भैंसी
२. मोडल फार्म गाई
३. मोडल फार्म बाख्रा
४. मोडल फार्म बंगुर
५ . मोडल फार्म लेर्यस तथा ब्रोइलर

जानकारीका लागि : ९८५८४४०२२६



Developed by Smart Innovation