आइतबार यो वर्षकै उच्च गर्मी

११ जेठ, २०७७   |  

आइतबार यो वर्षकै उच्च गर्मीको दिन रहन गएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौ लगायत देशका विभिन्न ठाउँमा आइतबार यो वर्षकै सवैभन्दा बढी तापक्रम रेर्कड गरियो ।

काठमाडौंमा ३१.८ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको छ । त्यसैगरी दिपायलमा ४०, धनगढीमा ४० दशमलव १ तापक्रम रेर्कड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी भैरहवा र नेपालगञ्जको तापक्रम ३९ दशमलव ५ डिग्रि सेल्सियस रह्यो भने विराटनगरको ३२.६ र जनकपुरको ३५ दशमलव ५ डिग्रि तापक्रम रह्यो । महाशाखाकी मौसमविद शान्ति कंडेलले आज यो वर्षकै अधिकतम गर्मी दिन रहेको बताइन् । 
महाशाखाका अनुसार कर्णाली, गण्डकी , वाग्मति प्रदेशका थोरै स्थानहरुमा स्थानिय वायूको प्रभावले हावाहुरी सहित क्षणिक वर्षा गराए पनि यो लामो समयसम्म रहने छैन । 

 



Developed by Smart Innovation