बाघको आक्रमणबाट बंचेका मायाराम खनाल भन्छन् : भैंसीले बचाए

२२ असार, २०७७   |  इकोखबर

गेरुवा गाउँपालिका ४ बर्दियाका मायाँराम खनाल २५ वैशाखमा नजिकको नीजि जग्गामा भैंसी चराउँदै थिए । त्यही वेला एक्कासी बाघले आक्रमण गर्यो । बाघले उनलाई १० फिटसम्म हुत्यायो । 

जव बाघ खनालमाथि झम्टियो, नजिकैका दुई भैंसीले बाघलाई हान्न थाले र बाघ भगाए । 

कोहलपुर मेडिकल कलेजमा उपचार पछि अहिले मायाँरामले घरमा आराम गरिरहेका छन् । उपचार वापतको क्षतिपूर्ती रकम लिन वर्दिया राष्टिय निकुञ्ज कार्यालयमा आएका मायारामका छोरा नगेन्द्र प्रसाद खनाल भन्छन् “नजिकमा भैंसी नभएको भए त, बाघले वुवालाई सिध्याउने नै रहेछ ।”

 

 

 



Developed by Smart Innovation