नेपालमा मिचाहा वनस्पतीको प्रकोप, आधुनिकिकरण मुख्य कारण

८ साउन, २०७७   |  इकोखबर

नेपालका ७० भन्दा बढी जिल्लामा मिचाहा प्रजातिका वनस्पतिको प्रकोप देखिएको छ । वनस्पति विभागले हालै सार्वजनिक गरेको नेपालमा फैलिएका वाह्य मिचाहा प्रजाति सम्वन्धी पुस्तकमा यो विषय उल्लेख छ । वनस्पति विभागका अनुसार नेपालमा हालसम्म १५ वानस्पतिक परिवार अन्र्तगत २४ जाति र सो अन्र्तगत २६ प्रजातिका मिचाहा वनस्पति पाइएका छन् ।  चारप्रजातिमध्ये सेतो वनमारा २३ जिल्ला, जलकुम्भी १५ जिल्ला, वनफाँडा ३४ जिल्ला, लहरे वनमारा १२ जिल्ला र सेतो गन्धेझार ५२ जिल्लामा पुगिसकेको छ । 

वनस्पति विभागको जैविक विविधता तथा साइटिस शाखाकी प्रमुख मधुदेवी घिमिरेका अनुसार मिचाहा वनस्पती एकवर्षीय र बहुवर्षीय झाडी घाँसपात लहरा प्रजातिका छन् । नेपालमा हालसम्म १५ वानस्पतिक परिवार अन्र्तगत २४ जाति र सो अन्र्तगत २६ प्रजातिका मिचाहा वनस्पति पाइएका छन् । सवैभन्दा बढी एस्टेरासी वानस्पतिक परिवार अन्र्तगत कालो वनमारा, सेतो वनमारा, लहरे वनमारा, सेतो गन्धे झार, निलो गन्धे झार, कालो कालो करो, फूली झार, भेंडेकरो, पातीझार लगायतका प्रजाति पर्दछन् ।  

धेरै मिचाहा प्रजातिको उद्गमस्थल दक्षिण अमेरिका रहेको पाइन्छ । अमेरिका उद्गमस्थल रहेको मिचाहा प्रजातिको करौंते घाँस नेपालमा पहिलोपटक सन् १८२० मा पाइएको थियो । त्यसको पाँच वर्षपछि मेक्सिकोको सेतो वनमारा पनि देखियो । घिमिरेको भनाइमा,  मिचाहा प्रजातिका वनस्पतिहरु रैथाने वनस्पति भन्दा छिटो वृद्धि र परिपक्व हुन्छन् । जरा, काण्ड, पात बिउ आदीबाट सजिलै उत्पादन र पुर्नउत्पादन हुनसक्छ । यी मिचाहा प्रजातिहरुको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले प्रतिकुल हावापानीमा पनि छिटो फैलन सक्छन् । 

मिचाहा प्रजातिको वृद्धि विकास खाली वन क्षेत्र, खोला तथा नदी किनारमा छिटो हुन्छ ।  विश्वव्यापीकरण, तिव्र औद्योगिककरण र बढ्दो जनसंख्याको चापलाई सन्तुलनमा राख्न छिटो बढ्ने वनस्पती आयात गर्ने क्रममा यी मिचाहा प्रजाति एक देशबाट अर्को देशमा भित्रिएका हुन् । 

चौतर्फी असर

वाह्य मिचाहा वनस्पति जैविक विविधता तथा पारिस्थितिकिय प्रणालीका लागि ठूलो खतरा बनेका छन् । वनस्पतिविद् डा. तिर्थबहादुर श्रेष्ठ मिचाहा वनस्पतिले प्राकृतिको पारिस्थितिकिय प्रणालीमा अवरोध पु¥याउनुका साथै वन्यजन्तुको आहारा विनाशमा पनि गरिरहेको बताउँछन् । “जव वान्सपतिक प्रजातिहरु अनियन्त्रि रुपमा वृद्धि हुन्छ र त्यसले यहाँका रैथाने वनस्पतिहरुलाई क्षति पुराउँछ, त्यसलाई मिचाह प्रजाति भनिन्छ,” श्रेष्ठ भन्छन् “हामीले जैविक विविधताको संरक्षण गरिरहेका निकुञ्जमै मिचाह प्रजातिको प्रकोप बढिरहेको छ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कंडेलका अनुसार, वाह् मिचाहा प्रजातिले चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको घाँसे मैदान क्षेत्रमा ठूलो असर गरिरहेको छ । 
ती निकुञ्जहरुमा माइकेनिया, पार्थेनियम, इपाटोरियम, ल्याण्टेना र जलकुम्भिले बढी प्रभाव पारेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गतवर्ष तराईका राष्टिय निकुञ्जमा रहेका २ हजार हेक्टर क्षेत्रको घाँसे मैदानको व्यवस्थापन र झाडी सरसफाई गरेको थियो । त्यसमध्ये सवैभन्दा बढी ७५० हेक्टर चितवनमा गरिएको थियो भने बर्दियामा ३ सय हेक्टर गरिएको थियो ।  “वनमाराका लहराले वन्यजन्तुको चरन क्षेत्र ढाक्दा वन्यजन्तु आवतजावत र बसोबास क्षेत्र साँघुरिंदै गएको छ”, कँडेल भन्छन् ।

मिचाहा प्रजातिले वन क्षेत्र मात्र नभइ कृषि र मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पु¥याइरहेको छ । ठूलो चरिअमिलो, कालो वनमारा, कुरो, भेंडे कुरो, निलो गन्धे लगायतका मिचाहा प्रजातिले उत्पादकत्व घटाउन थालिसकेका छन् ।  चाँडै बढ्ने, फैलने यस्ता वनस्पतिले बालीका लागि आवश्यक प्रकाश र तापक्रम सोस्न अवरोध पु¥याउनुका साथै पानीको श्रोतलाई समेत सुकाउने गर्दछ । 

मिचाहा वनस्पति मानव स्वास्थ्यका लागि पनि हानिकारक छ । वनस्पति विभागकी घिमिरे प्रोटिनको मात्रा धेरै भएको अफ्रिकन चिप्लेकिरा खाँदा फिलिपिन्समा मानिसहरुमा पक्षघात भएको उदाहरणहरु रहेको बताउँछिन् । उनका अनुसार चिप्लेकरालाई प्रोटिनको आहाराका रुपमा प्रयोग गर्न दक्षिण अफ्रिकाबाट फिलिपिन्स ल्याइएको थियो । तर, त्यसले फाइदाको सट्टा झन हानी गर्यो । “वनस्पति र एनिमल, दुवै मिचाहा हुन्छन, जवसम्म तिनिहरुले नकारात्मक असर गर्दैनन, त्यस वेलासम्म तिनिहरुलाई मिचाह भनिदैन,” घिमिरे भन्छिन् “जव नकारात्मक असर पुग्न थाल्छ त्यसपछि तिनिहरु मिचाहा हुन्छन्,” 

(साभार हिमालखबर)



Developed by Smart Innovation Nepal