बर्दियामा जंगली हात्तिको आतङ्क (हेर्नुहोस भिडियो)

९ साउन, २०७७   |  इकोखबर

बर्दियामा जंगली हात्तिको प्रकोप बढेको छ । बर्दिया जिल्लाका विभिन्न ठाउँमा जंगली हात्तिको झुण्ड आएर किसानको बाली नाली क्षति गरेका छन् । बर्दिया जिल्लाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका विभिन्न स्थानमा जंगली हात्तिले दुख दिएको मधुवन नगरपालिका १ डल्लाका सुदिप जोगीले बताए । 

उनका अनुसार मानिसहरु रातिमा मचानमा बसेर हात्ति भगाउनका लागि प्रयास गरिरहेका भेटिन्छन् । जंगली हात्तिले आक्रमण गर्ने डर र त्रास पनि मानिसहरुमा छ । बर्दियामा बर्षेनी हात्तिले बाली नालीमा क्षति पुर्याउने गरेको छ ।    



Developed by Smart Innovation