राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा दिपक खरालललाई ल्याइएको छ ।
यसअघि उनी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा सदस्य सचिवको रुपमा कार्यरत रहेका थिए ।
विभागका महानिर्देशक पेम नारायण कंडेलको गत मंसिरमा सचिवमा बढुवा भएपछि महानिर्देशक पद खाली रहेको थियो । लामो समयपछि वन तथा वातावरण मन्त्रालयले महानिर्देशकमा खराललाई ल्याएको हो ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिवको रुपमा कार्यरत रहँदा मन्त्री मायाँ भट्टसंग विवाद भएपछि खराल चर्चामा आएका थिए । खराल निर्णय क्षमता नभएका कमजोर वन प्रशासक मानिन्छन् ।