गैंडाको आक्रमणबाट एक घाइते

२६ माघ, २०७७   |  इकोखबर

नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् ।

नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको  अवस्था गम्भीर छ ।  घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले बताए ।

ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी हुमनाथ पोखरेलले बताए । 



Developed by Smart Innovation