मृत अवस्थामा भेटियो चितुवा

२ फागुन, २०७७   |  इकोखबर

तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । 

अन्दाजी सात÷आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले बताए । उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । 

विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो ।



Developed by Smart Innovation