डोटीमा चितुवा आतङ्क

११ फागुन, २०७७   |  इकोखबर

डोटी जिल्लामा  चितुवाले आतङ्क मच्चाउन थालेको छ । शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी त्रसित छन् ।   स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्तामा कम्तीमा  आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुई बाख्रा चितुवाले मारेको उनले जानकारी दिए ।  

चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी आतङ्कित। प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताए । “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ,”  प्रजिअ भट्टराईले भने ।

स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजीकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा लामो समयदेखि एउटा चितुवा बस्दै आएको र अपराह्न वनमा डुल्ने र राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । सम्भावित मानवीय जोखिमलाई ध्यानमा राखी उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन् ।
भरुवा बन्दूकसहित पक्राउ 
केआइसिंह गाउँपालिका–१ गणेशकाँडाबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ३७ वर्षीय डिलबहादुर भनिने दीपेन्द्र शाही छन् । शाहीले घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी वायलबाट प्रहरी सहायक निरीक्षक भाष्करदत्त पन्तका नेतृत्वमाखटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो 



Developed by Smart Innovation