गैँडाको खाग तस्करी गर्ने पक्राउ

१३ फागुन, २०७७   |  इकोखबर

गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाडौँ धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो । उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना२च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले atfOg । 

साथै सोही मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्युरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ । 



Developed by Smart Innovation