घाँसे मैदान मासिनु र पानीका मुहान सुकेर गैंडाको वासस्थान परिवर्तन हुँदा चितवनमा गैंडा मर्ने क्रम बढेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वि क्षेत्रमा धममाधम पानीको मुहान सुक्नु र घासे मैदान मासिदै जादा यसको प्रत्यक्ष प्रभाव गैँडाको बासस्थानमा परेको छ । पूर्वि क्षेत्रमा बासस्थानको प्रभाव देखिन थालेपछि गैँडा पश्चिम क्षेत्रमा वसाइ सरेका र त्यहाँ पनि बासस्थानको अभावमा मर्ने र मारिने क्रम वढेको विज्ञहरुले औल्याएका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले पछिल्लो समय गैडा जुधेर मर्ने क्रम वढेको बताउँछन् ।
“अहिले भएका गैँडा मध्ये ६० देखि ७० प्रतिशत निकुञ्जको पश्चिमी क्षेत्रमै रहेका छन् त्यसैले पनि यो क्षेत्रमा मर्ने र मारिने क्रम वढी देखिएको छ”, उनले भने , “एकै ठाममा धेरै गैँडा रहदा स्थान र घासे मैदानको अभावमा गैँडा एक आपसमा जुधेर मर्ने क्रम पनि वढी हुने गरेको छ ।”
चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्ष यता निकुञ्ज र यसको मध्यवर्ति क्षेत्रमा मात्रै ९२ गैडा मरेका छन् मरेका मध्ये ८८ वटा कालगतिले मरेका हुन् भने चार वटा चोरी शिकारीले मारेका हुन् । यसरी गैडा मर्ने र मारिने पछिल्लो समय प्राय पश्चिमी क्षेत्रमा नै हुने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल निकुञ्जको पश्चिमी क्षेत्रमा अहिले गैँडाको सख्या वढी नै भएको बताउँछन् ।
निकुञ्जको मुख्यालय भएको कसरालाई आधार मानेर निकुञ्जले पूर्वि र पश्चिमि क्षेत्र छुट्टाएको छ । पर्यटकिय नगरी सौराहा पूर्वि क्षेत्रमा पर्छ भने विगतमा टाईगर टप्स होटल रहेको मेघौली क्षेत्र पश्चिम क्षेत्रमा पर्छ । यो क्षेत्रमा गैडा मर्ने क्रम अहिले चिन्ता जनक रुपमा वढेको छ । कालगतिले मर्ने गैडाहरु कि त एक आपसमा जुधेर मरेका छन् कि त दहमा भासिएर, वुढो भएर र खोलाले वगाएर मरेका निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
“चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्ष यता निकुञ्ज र यसको मध्यवर्ति क्षेत्रमा मात्रै ९२ गैडा मरेका छन् मरेका मध्ये ८८ वटा कालगतिले मरेका हुन् भने चार वटा चोरी शिकारीले मारेका हुन् । यसरी गैडा मर्ने र मारिने पछिल्लो समय प्राय पश्चिमी क्षेत्रमा नै हुने गरेका छन् ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्य पछिल्लो समय गैँडा पूर्ववाट वसाई सर्दै पश्चिम तर्फ गैरहेको कुरा निकुञ्ज विभागलाई अवगत नै भएको बताउँछन् । “गैँडा एकै ठाउँमा रहदा त्यसले दूर्घटना वढेको छ भन्ने कुरा हामीले विश्लेषण गरि रहेकै कुरा हो त्यसका लागि के कति गैँडा पश्चिमी क्षेत्रमा छन् भन्ने कुरा यकिन हुन पहिला गैँडाको गणना हुन जरुरी छ”, उनले भने ।
उसो त चैत पहिलो हप्तावाटै निकुञ्जमा गैडा गणना गर्ने तयारी भै रहेको छ । गैँडाको संख्यासगै संरक्षित क्षेत्रको पारवहन क्षमता र वासस्थानको अवस्थाका वारेमा पनि गणनाका क्रममा जानकारी लिइने र सोही आधारमा गैँडाको अवस्था पहिचान हुने उनले बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत राप्तीको पानी गाउँमा सिचाई गरिदा निकुञ्जको पूर्वि क्षेत्रमा पानीको अभाव भएको र यसैका कारण ताल तलैया र घासे मैदानहरु क्रमश नष्ट हुदै गएकाले गैँडा पश्चिमि क्षेत्रमा वसाइ सरेका बताउँछन् । राप्ती नदीले वगाएर ल्याएका वालुवा तथा कंक्रिटहरुले समथर निकुञ्जका भाग पुर्दा पनि घासे मैदान मासिएको पाइन्छ ।
यसका अलवा पश्चिमी क्षेत्रमा राप्ती सगै नारायणी नदी पनि रहेकाले पानीको मात्रा प्रयाप्त भेटिन्छ । इकोलोजिष्ट हरिभद्र आचार्य आवश्यक परे पूर्वि क्षेत्रमा घासे मैदान र पानीको सुविधा उपलब्धता वढाएर पनि आन्तरिक गैँडा स्थानान्तरण आवश्यक रहेको ठान्छन् । “निकुञ्ज भित्रै गैडा गणना गर्नुपर्ने कुरा गैँडाको गणना पछि टुङ्गो लगाउने कुरा हो । आवश्यक परे पानीको पूर्वाधार विकास गरेर पनि गैँडा सार्नुपर्छ भन्नेमा विभाग विश्वस्त छ ।”
पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् । जस मध्ये गैँडाको प्रमुख वासस्थान चितवन निकुञ्जमा ६०५ हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैडा गणना यता चितवनवाट चार वटा गँैडा चिन सरकारलाइ उपहार पठाइएको र शुक्ला फाँटा र वर्दिया निकुञ्जमा गरि १२ वटा गैँडा स्थानान्तरण गरिएको छ ।
“निकुञ्जका प्रमुख संरक्षण अधिकृत राप्तीको पानी गाउँमा सिचाई गरिदा निकुञ्जको पूर्वि क्षेत्रमा पानीको अभाव भएको र यसैका कारण ताल तलैया र घासे मैदानहरु क्रमश नष्ट हुदै गएकाले गैँडा पश्चिमि क्षेत्रमा वसाइ सरेका बताउँछन् । राप्ती नदीले वगाएर ल्याएका वालुवा तथा कंक्रिटहरुले समथर निकुञ्जका भाग पुर्दा पनि घासे मैदान मासिएको पाइन्छ ।”
निकुञ्जमा रहेको तथ्याङ्क अनुसार बि. सं. २०७३ सालको साउन अन्तिम साता आएको वाढिले वगाएका मध्ये १० वटा गैंँडा भारतवाट उद्धार गरि ल्याईएपनि अझै केही गैंडा उतै रहेको अनुमान छ । भारतको बाल्मिकी टाईगर रिजर्भ र डिभिजन फरेस्टमा तत्काल तीन वटा गैँडा भेटिए पनि त्यसलाइ नेपाल फर्काउन सकिएको थिएन ।
यो तथ्यले पनि पूर्वका गैँडा पश्चिम बसाइ सर्दै भारत सम्म पुगेको पुगेको देखाउछ । विश्व वन्यजन्तु कोषका बाघ गैँडा विज्ञ रामप्रित यादव भन्छन् “अहिले गैडाको बसाइ सराइ रोक्न पनि पूर्वि क्षेत्रमा बासस्थान सुधार र घासे मैदानको विकासमा लाग्नु जरुरी छ ।”