डब्लूडब्लूएफले घोषणा गर्यो सन २०२० को संरक्षण पुरस्कार

१४ फागुन, २०७७   |  इकोखबर

विश्ववन्यजन्तु कोष (डव्लूडव्लूएफ) नेपालले सन २०२० को संरक्षण पुरस्कार घोषणा गरेको छ । कोषले संरक्षणमा योगदान पुराउने विभिन्न व्यक्ति तथा संस्थाहरुको नाम सार्वजनिक गरेको हो । 

सन २०२० को संरक्षण पुरस्कार हिमालखबर पत्रिकाका वरिष्ठ संवाददाता मुकेश पोखरेल, हुम्लाका रिन्जिन फुन्चोक लामा र संस्थागत तर्फ सार्वजनिक स्वास्थ्य तथा वातावरण विकास केन्द्रलाई प्रदान गरिने कोषले जनाएको छ । 

विगत दुई दशकदेखि पत्रकारितामा आवद्ध पोखरेलले संरक्षण, वातावरण, वन र जलवायू परिवर्तनका क्षेत्रमा लेख्दै आएका छन् ।हुम्ला निवासी लामाले हिम चितुवा लगायत हिमाली क्षेत्रमा संरक्षणको क्षेत्रमा योगदान पुराएका छन् । 

त्यसैगरी वातावरण संरक्षण केन्द्रले सार्वजनिक स्वास्थ्य, संरक्षण र वातावरणका क्षेत्रमा काम गर्दै आएको छ । स्थानीय तहको संरक्षण क्षेत्रमा योगदान पुराएवापत प्रदान गरिने प्रोत्साहन पुरस्कारबाट कैलालीको पहलमानपुर स्थित पहलमानपुर सामुदायिक वन र हिमवन्ती नेपाललाई प्रदान गरिने डव्लूडव्लूएफले जनाएको छ । विजेतालाई आउँदो जेठ ५ गते पुरस्कार प्रदान गरिने जनाइएको छ । 



Developed by Smart Innovation