रारामा वार्डेनको रुपमा कार्यरत रहँदा ।
संरक्षणको क्षेत्रमा शिवराज भट्टको ३० वर्ष लामो अनुभव छ । सरकारी सेवाबाट अवकासपछि अहिले विश्ववन्यजन्तु कोष (डब्लूडब्लूएफ) मा कार्यरत उनी सरकारी सेवाको प्रारम्भिक कालमा रारा राष्टिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृतको रुपमा कार्यरत थिए । रारामा कार्यरत रहँदा तत्कालिन राजा विरेन्द्रसंग उनले संरक्षणका बारेमा झण्डै दुई घण्टा कुरा गरेका थिए ।
कुरा २०४५ सालको हो । वैशाखको एक दिन शनिवार । शिवराज भट्ट घोंडा हिड्ने काठको पुलमा घोंडाको खुट्टा अड्किएपछि आफै मर्मत गर्दै थिए । त्यतिवेला उनी रारा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृतको रुपमा कार्यरत थिए ।
यत्तिकैमा राराको आकासमा हेलीकोप्टरको आवाज आयो । उनले नजिकै रहेका नेपाली सेनाका मेजरलाई सोधे, “मेजर साप के को आवाज हो ?” “हेलीकोप्टरले हाम्रो विस्कुट ल्याउँदै छ । त्यही हो,” मेजरले भने ।
दुई जनाको सम्बाद चल्दाचल्दै हेलीकोप्टर त तालको किनारमै बस्यो । दुई सय मीटरको फरकमा रहेका भट्टले पाइलटको छेउँमा त राजा विरेन्द्र जस्तो मान्छे छन् त भन्दै मेजरलाई भने।
“मेजरले ध्यान दिएको थिएन । मेजर साप त राजा भन्ने थाहा भएपछि टाप । म हेलिप्याडतिर गएँ । मेजरलाई त आपत पर्यो,” भट्ट भन्छन् “उनी सामान्य पोशाकमा थिए, पोशाक लगाउन व्यारेकमा दौडिए ।”
मध्यपश्चिम भ्रमणका क्रममा सुर्खेत मुकाम गरेका राजा विरेन्द्र सहितको टोली शनिवार पूर्व सुचना विना रारा भ्रमणमा पुगेका थिए ।
भट्टका अनुसार उक्त टोलीमा रानी एश्वर्या सहित, निराजन, श्रुती राजाका एडीसी शान्त कुमार मल्ल, विवेक शाह, नेपाल प्रहरीका अशोक श्रेष्ठ थिए । “वार्डेन ! आज तिमिहरुको शनिबार है” राजाले भट्टसंग कुराकानी सुरु गरे ।
दुई जनाको सम्बाद चल्दाचल्दै हेलीकोप्टर त तालको किनारमै बस्यो । दुई सय मीटरको फरकमा रहेका भट्टले पाइलटको छेउँमा त राजा विरेन्द्र जस्तो मान्छे छन् त भन्दै मेजरलाई भने।
“म त दाडी पालेको अवस्थामा थिएँ । अफ्ठेरो लाग्यो, हो सरकार भनें,” राजा विरेन्द्रसंगको पहिलो संवाद सुनाउँदै उनी भन्छन् “ल हिंड तिम्रो कार्यालय जाउँ भने । मैले त कसरी राजासंग हिंड्ने सुरुमा मेसो पाइन, राजा रानी अनि त्यसपछि म हिंड्ने होला भनेको थिएँ,शान्त कुमार मल्लले राजासंग हिडे हुन्छ भनेर इसारा गरे ।”
भट्टले राजा विरेन्द्रले तालको किनारै किनार हिंडाएर कार्यालय पुराए । बाटोमा मान्छे भेटिन्थे । उनीहरु सवैले बार्डेन साप, भन्दै भट्टलाई नमस्ते गर्थे । तर, राजाको मुखतिर पनि हेर्दैनथे । यसले भट्टलाई अफ्ठेरो लाग्यो ।
दायाँबाट तेस्रो लहरमा शिवराज भट्ट ।
विरेन्द्र जिन्स पाइन्ट, स्वेटर, हाफ ज्याकेट, क्याप लगाएका थिए । कार्यालयमा धारा खुल्लै थियो । विरेन्द्र पहिला धारो बन्द गर्न गए । टुटि बन्द भएन ।
“धारा किन बन्द हुँदैन,” विरेन्द्रले सोधे । “मलाई थाहा हुँदाहुँदै पनि उत्तर आएन,” भट्ट सम्झन्छन् “पछाडी रानी रहेछिन् । यो त खुल्लै छोड्नुपर्छ । बन्द गर्यो भने जमेर पानी बन्द हुन्छ, रानीले उत्तर दिइन ।”
भट्टले राजा विरेन्द्रले तालको किनारै किनार हिंडाएर कार्यालय पुराए । बाटोमा मान्छे भेटिन्थे । उनीहरु सवैले बार्डेन साप, भन्दै भट्टलाई नमस्ते गर्थे । तर, राजाको मुखतिर पनि हेर्दैनथे । यसले भट्टलाई अफ्ठेरो लाग्यो ।
कार्यालयमा पुगेपछि राज परिवारले कोठामा बसेर लन्च खाए । अनि सुरु भयो, राराको बारेमा राजा विरेन्द्रको चासो ।
भट्टले पनि नक्सा टेवलमा राखेर राराको बारेमा बताउन थाले । “कहिल्य व्रिफिङ्ग गरेकै थिइन । नक्सा लिएर व्रिफिङ्ग सुरु गरेको त, पहिला राजाले नक्सा पढ्न आउँछ कि आउँदैन भनेर मेरो परिक्षा लिए,” उनी भन्छन् “जुम्लाबाट आउने बाटो कुन हो भनेर नजाने जस्तो गरी सोधे । मैले जुम्लाबाट रारा आउने बाटो नक्सामा देखाएँ ।”
निकुञ्जको सवै विवरण राजा विरेन्द्रलाई उनले वेलिविस्तार लगाए । निकुञ्ज विस्तार गर्ने कुरा सुनाए ।
सवै सुनिसकेपछि तीन पटक सम्म विरेन्द्रले भट्टलाई सोधेको एउटै प्रश्न थियो, निकुञ्जको क्षेत्र विस्तार गरेपछि सेना बढाउन पर्छ कि पर्दैन ?
तर, भट्टले तीन पटक सम्म पर्दैन सरकार भनेर उत्तर दिए । “अहिलेको गुल्मले पुग्छ, ९ वटा पोष्ट थपेर व्यवस्थापन गर्न सकिन्छ सरकार भनें । तेस्रो पटक मैले यसो भन्दा सेनाका मान्छे रिसाइसकेका थिए,” भट्ट भन्छन् “अन्त्यमा मलाई हेरेर तिमिलाई थाहा छ, आर्मी किन राखेको हो ? भने, अनि म त चुप लागें । त्यसपछि म केही पनि बोलिन ।”
दुई घण्टा रारामा विताएका विरेन्द्रले सेनाको व्यारेक भवन निर्माणका क्रममा भएका कमिकमजोरी पनि औल्याएका थिए ।
राजासंग गोप्य कुराकानी
रारामा विरेन्द्रले भट्टलाई गोप्य लगेर रारामा अध्ययनका लागि टीम पठाउने बताए । “तिमिले कसैलाई नभन्नु निकुञ्ज विस्तारको अध्ययनमा टीम पठाउँछु,” विरेन्द्रले भनेका थिए ।
विरेन्द्र फर्केको डेढ महीनापछि ज्ञानेन्द्र शाह रारा गए । उक्त टोली रारा राष्टिय निकुञ्जको क्षेत्र विस्तारको अध्ययनका क्रममा रारा पुगेको थिए ।
निकुञ्ज विस्तारका नाममा जनता तर्साएको भनेर शिवराज भट्टका विरुद्ध १४ वटा उजुरी परेको रहेछ ।
“निकुञ्ज विस्तार गर्ने भनेर जनता तर्सायौं भनियो । जनता त तर्साएको छैन, सरकार । बढाउने प्रस्ताव लगेको हो भनें,” भट्ट भन्छन् “मेरो विरुद्ध १४ वटा उजुरी परेको रहेछ । ती उजुरी सचिवले पल्टाउँदै मलाई हप्काए ।”