बाघ–गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु

३ चैत, २०७७   |  इकोखबर


राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् ।

गत फागुुनमा मात्रै राष्ट्रिय निकुुञ्ज तथा मध्यवर्ती क्षेत्र  वरपर भएका मानव–वन्यजन्तुु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुुमाउनाका साथै चार जना घाइते भएका छन् ।

चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्युु भएको नेपाली सेनाको राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु आरक्ष निर्देशनालयले जनाएको छ ।

त्यस्तै  बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका–६ नौलोबाँस इलाका सामुदायिक वनमा भँैसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ ।

बर्दियाकै मधुवन नगरपालिका–३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ ।

चितवन, बर्दिया र कोशी टप्पुु वन्यजन्तुु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुुको आक्रमणमा परी घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा  जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुुमान गरिएको छ ।

भरतपुर महानगरपालिका–७ का मङ्गलबहादुुर कुुँवर र रत्ननगर नगरपालिका–७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका–१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ । सुुनसरी बराहक्षेत्र नगरपालिका–११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुुल्याएको थियो ।

बाघ, गैँडा र हात्तीकोे मृत्युु

चितवन राष्ट्रिय राष्ट्रिय निकुुञ्ज क्षेत्रमा फागुनमा तीन  गैँडा तथा एकएक बाघ र हात्ती  मरेका छन् । निकुुञ्ज क्षेत्रमा १५  चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति  तथा वन्यजन्तुुको आक्रमणबाट मृत्युु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र  सेतो बाँदर तथा  शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए । 

बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक लङ्गुुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुुञ्ज क्षेत्रमा पाँच चित्तल, दुुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुुवा र  चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुुकुुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुुई हरिण पनि फागुनमा मरेका थिए ।



Developed by Smart Innovation