रसुवाका उच्च भागमा हिमपात

२० चैत, २०७७   |  इकोखबर

हिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ ।

दुई दिनदेखिको वर्षासँगै समुन्द्र सतहदेखि नौ हजार फिटको उचाइ डिम्सा चन्दनबारीलगायतका क्षेत्रमा हिमपात भएको छ । विहिबार अपराह्नबाट हिउँ पर्न थालेको हो । हाकुडाँडा, नाकथली, धुञ्चेडाँडा, गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ ।

बेंसीतर्फ सिमसिमे पानी र उच्चभागमा हिमपात हुन थालेपछि हिउँदे प्रमुखबाली गहुँ उत्पादनमा सन्तुलन आउने आशा जागेको स्थानीय किसानले बताएका छन् । 
      
यस्तै दुई दिनदेखिको वर्षाले वन जङ्गल क्षेत्रमा चिसोपना बढेकाले डढेलो नियन्त्रणमा समेत राहत मिलेको वन प्राविधिकले बताएका छन् ।

फागुनमा रोपण गरिएको लेकाली आलु तथा मकैका लागि चाहिने चिसोपनमा समेत बुधबार र बिहीबारको वर्षाले राहत मिलेको स्थानीयवासी निर्मल शेर्पाले बताए । 



Developed by Smart Innovation Nepal