देशको पश्चिम क्षेत्रमा हल्का वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

२६ चैत, २०७७   |  इकोखबर

आज  देशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम आंशिक बदली  रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै  स्थानहरुमा र बाँकि भू भागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आसिक प्रभाव रहेको छ।

देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य  केही पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली  रहेको छ भने धेरै भू भागहरुमा तुवांलो लागेको अवस्था छ ।

बुधबार राती प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विहिबार दिउँसो   देशका पहाडी भू भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती  देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती  देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 



Developed by Smart Innovation