आइतबार सम्म वर्षा हुने

१४ जेठ, २०७८   |  इकोखबर

बंगालको खाडीमा विकास भएको यासा नामको चक्रवात पश्चिम उत्तर सर्ने क्रममा कमजोर भई बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभर वर्षा भइरहेको छ ।

वर्षा आइतबार सम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापिय प्रभावका कारण आजपनि देशका विभिन्न भू भागमा बर्षा भइरहेको छ । 
जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। 

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १ र २ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ।

उच्च हिमाली पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ। 

शनिबार दिउसो पनि देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यसैगरी आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदलि रहि बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बाग्मती र लुम्बिनी प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदलि रहि प्रदेश १ र प्रदेश २का केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



Developed by Smart Innovation