जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते

२६ मंसिर, २०७९   |  अर्जुन राजवंशी

बिर्तामोड — जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा दुई जना घाइते भएका छन् । आइतबार बिहान ३ बजेतिर नजिकैको जलथल जंगलबाट निस्किएको हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया गौरादेवी पौडेल घाइते भएकी हुन् ।

हात्तीले स्थानीयलाई आक्रमण गर्न थालेपछि भाग्ने क्रममा ६० वर्षीय नगेन्द्र पौडेलसमेत घाइते भएका छन् । उनीहरू दुवै जनाको हात भाँचिएको छ ।

 



Developed by Smart Innovation