मौसम परिवर्तन हुँदा किन धेरै मान्छे बिरामी हुन्छन् ?Document

२८ पौष, २०७५   |  कुमार चौलागाई

काठमाडौं, १८ फागुन — जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई रुघामर्की वा खोकी र भाइरल बिरामी लाग्छ । किन यसो हुन्छ त ? हामी आज यसका बारेमा बताउनेछौं ।तापक्रममा परिवर्तन आएपछि अनेकथरीका भाइरस उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् ।

राइनोभाइरस र कोरोनाभाइरसले मानिसलाई गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् ।

यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी लगाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् ।

बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने समस्या आइलाग्छन् ।

यस्ता समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा भिटामिन सी र डी को मात्रा बढाउनुपर्छ । अनि फलफूल तथा तरकारी प्रशस्त खानुपर्छ ।

स्वास्थ्यका लागि पौष्टिक भोजन, सरसफाइ र नियमित कसरतमा ध्यान दिनुभएन भने मौसम बदलिनेबित्तिकै तपाईं बिरामी पर्नुहुन्छ । तर यी कुरामा ध्यान दिनुभयो भने चाहिँ बिरामीको सम्भावना न्यून हुन्छ ।

 



Developed by Smart Innovation