बर्षाले राहात, आज पनि वर्षाको सम्भावना (हेर्नुहोस कहाँ कति वर्षा भयो ?)

१८ चैत, २०७७   |  इकोखबर

उपत्यका सहित देशका विभिन्न स्थानमा वुधवार भएको वर्षाले वायु प्रदुषणमा केही सुधार आउने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार काठमाडौंको वायु प्रदुषणमा केही सुधार हुने देखिएको छ ।

वुधबार प्रदेश नम्वर १, बाग्मती र गण्डकी प्रदेशमा राम्रो वर्षा भएकाले वायू प्रदुषणमा सुधार आउने देखिएको मौसमविद मञ्जुबासीले इकोखबरलाई बताइन् । 
विहिबार पनि वर्षाको सम्भावना रहेको छ । 

खासगरी अहिलेको वायु प्रदुषणको प्रमुख कारण वन डढेलो हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारबाट वर्षा कमजोर बन्ने सम्भावना छ ।

वर्षा कमजोर हुने भएकाले वन डढेलो नियन्त्रण नभए पुन वायु प्रदुषणको सम्भावना रहेको वासीले बताइन् । 

महाशाखाका अनुसार इलाममा पछिल्लो छ घण्टामा छ मीलिमिटर, खोटाङ्गको ऐसलुखर्कमा ९.४, पाँचथरमा ५.४, संखुवासभामा .६, भोजपुरमा .६, ओखलढुँगामा १४.९६, काभ्रेको पाँचखालमा ४३.८, सिन्धुपाल्चोकको चौतारामा ५.६, भक्तपुरको नगरकोटमा, १२.८, काठमाडौंको सुन्दरीजलमा ६.४, काठमाडौंको बबरमहलमा ९.४३, र ललितपुरको खुमलटारमा पछिल्लो छ घण्टामा ७.४ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी नुवाकोटको ककनीमा ११.८, मकवानपुरको दामनमा १०.६, तनहुँमा २५, गोरखाको बारपाकमा ७.६, गोर्खा बजारमा २१.६, तनहुँको बन्दीपुरमा १३.८, मिलिमिटर वर्षा भएको छ । 

 



Developed by Smart Innovation