यसवर्ष १ लाख विरुवा रोप्ने एफोनको योजना

२० असार, २०७९   |  इकोखबर

पारिवारिक नीजि वन संघ नेपाल (एफोन) को आयोजना तथा वेलायती दुताबासको सहयोग अन्र्तगत काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाको पार्क भित्र १५ हजार विरुवा रोप्ने कार्यक्रमको सुरुवात गरिएको छ । 

वृक्षारोपण मार्फत वनको विकास, वातावरण संरक्षण र कार्वन उत्सर्जन न्यूनिकरण गर्ने उद्देश्य अनुरुप वृक्षारोपण गरिएको पारिवारिक निज वन महासंघका अध्यक्ष जोगराज गिरीले बताए ।

गिरिका अनुसार यस वर्ष महासंघको एक लाख वृक्षारोपण गर्ने योजना रहेको छ ।

उक्त अभियान अन्र्तगत धुलिखेल नगरपालिकाको पार्कमा मात्र १५ हजार वृक्षारोपण गरिएको हो । 

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले शुभारम्भ गरेको वृक्षारोपण कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि रहेका थिए । 



Developed by Smart Innovation