गैंडाको आक्रमणबाट एकको मृत्यु

२३ चैत, २०७६   |  

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । गैंडाको आक्रमणमा परेर मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२ का पूर्ण बहादुर कुमाल रहेका छन् । 


राष्ट्रिय निकुञ्जको कोर एरियामा निउरो टिप्न गएका वेला गैंडाको आक्रमणमा परी उनको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए । “राप्ती नदीको किनार सितामाई भन्ने ठाउँमा दिउसो एक्लै न्यूरो टिप्न गएको वेला गैंडाको आक्रमणमा परेर कुमालको ज्यान गएको हो,” रुपाखेतीले भने । 



Developed by Smart Innovation