कस्तुरी मारेको आरोपमा पक्राउ परोका नौ मध्ये चार जना छुटे

२० बैशाख, २०७७   |  

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कस्तुरी मारेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ परेका ९ जना मध्ये ४ जनालाई सोधपुछ पछि छोडिएको र बाँकी ५ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले प्रहरी, स्थानीय बासिन्दा तथा मध्वर्ती क्षेत्र उपभोक्ता समितिको सहयोगमा उनीहरु पक्राउ परेको बताए । 

खुम्बिला मध्वर्ती क्षेत्र उपभोक्ता समितिका उपाध्यक्ष पेमा छोसाङ शेर्पाका अनुसार जिल्लाको पाेंचेबाट ४ जनालाई आज र अन्य चार जनालाई पाङबोचेबाट चार जनालाई पक्राउ गरिएको हो । 
अर्को एक जनालाई यसअघि नै स्थानीयले पक्राउ गरेका थिए । पक्राउ गरिएका सवैलाई इलाका प्रहरी कार्यालय नाम्चेमा बुझाइएको उनले बताए । 


१५ बैशाखमा सोलुखुम्वु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ को क्यान्जुवा जंगल क्षेत्रमा मृत अवस्थामा ६ वटा कस्तुरी मृग भेटिएका थिए । कस्तुरी संरक्षित स्तनधारी जिवमा पर्दछ । 
पाेंचेबाट पक्राउ परेका मध्ये विष्णु राई र रमेश राई वन्यजन्तुको व्यापारमा संलग्न रहेको आफूले जानकारी पाएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए । 


विष्णु राईले कस्तुरीको बीना रु. ५० हजारमा किनेर ७० हजारमा विक्रि गरेको वयान मध्वर्ती क्षेत्र उपभोक्ता समितिका उपाध्यक्ष पेमा छोसाङ शेर्पाले बताए । विष्णु राई पोंचेमा पसल सञ्चालन गर्ने व्यवसायी हुन् । 



Developed by Smart Innovation