वैज्ञानिक वन व्यवस्थापनलाई व्यापक बनाउन कांग्रेसको माग

१४ जेठ, २०७७   |  

नेपाली कांग्रेसले वैज्ञानिक वन व्यवस्थापनलाई देशका सवै ठाउँमा लागु गर्दै काठ आयातको नाममा विदेशीने पैसालाई रोक्नुपर्ने बताएको छ । काठ लिलाम बढावढका आधारमा विक्रि गरी आन्तरिक रुपमा नेपाललाई काठमा आत्म निर्भर गराउनुपर्ने कांग्रेसको माग छ । 

नेपाली कांग्रेसका तर्फबाट गठीत वन तथा वातावरण संयोजक साँसद राजन केसीले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समेट्नुपर्ने विषय बारे वन तथा वातावरण मन्त्रालयमा बुझाएको ध्यान आकर्षण पत्रमा आयुर्वेधिक औषधी र जडिवुटीको परम्परागत ज्ञानको उपयोग गरी आय आर्जन वढाउन साना र घरेलु उद्योगलाई प्राथमिकता दिने नीति वनाउन, देशभरका ऐलानी र प्रति जग्गा स्थानीय तह मार्फत गरिवीको रेखामुनी रहेका समुह वा सहकारीलाई कवुलियत गरी निश्चित वर्षका लागि लिजमा दिने व्यवस्था मिलाउन कांग्रेसले माग गरेको छ ।

त्यस्ता जग्गामा फलफूल, जडिवुटी, रुद्राक्ष, वुद्वचित्त जस्ता आय आर्जन मुलुक वृक्ष लगाउन प्रोत्साहित गरी समुदायलाई अनुदानको व्यवस्था गर्नुपर्ने ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ । 


त्यस्तै सातै प्रदेशको सम्भाव्यता अध्ययन गरी हरेक प्रदेशमा कम्तीमा एक आयुर्वेदिक अस्पताल निर्माण तथा औषधी उत्पादन कम्पनी स्थापनाको व्यवस्था, कृषि वनको अवधारणमा काम गर्न चाहने महिला समुहलाई विशेष प्राथमिकतामा राखि अनुदान समेत माग गरिएको छ । 

 



Developed by Smart Innovation