कोरोना मुक्तिको कामनाका लागि फेकोफनले दिप प्रज्वलन गर्ने

१६ जेठ, २०७७   |  

सामुदायिक वन उपभोक्ता महासंघले रजत जयन्तीको अवसरमा शनिबार कोरोना मुक्तिको कामना गर्दै दिप प्रज्वलन गर्ने भएको छ । हरेक सामुदायिक वन उपभोक्ताको घरमा दिप प्रज्वलनको गरिने महासंघले जनाएको छ । 

त्यसैगरी रजत जयन्तीकै अवसरमा १८ जेठमा २८ लाख विरुवा वृक्षारोपण गर्ने कार्यक्रम छ । महासंघ स्थापनाको २५ औ वर्षको अवसरमा सामुदायिक वन आवद्धसंग हरेक परिवारले एक विरुवा रोप्ने महासंघले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ १८ जेठ २०५२ मा स्थापना भएको थियो । 


शुक्रबार आयोजित भर्चुअल प्रेस मिटमा महासंघकी अध्यक्ष भारती पाठकले एक परिवार एक विरुवा रोप्नका लागि महासंघले सवै उपभोक्ता समूहलाई पत्राचार गरेको जानकारी दिइन् । महासंघका अनुसार २२ हजार २ सय ६६ सामदायिक वन उपभोक्तामा २९ लाख ७ हजार ८ सय ७१ घरपरिवार रहेका छन् । प्रत्येक परिवारले कम्तिमा एक देखि बढीमा पाँचवटा विरुवा आफ्नो खेतबारीमा रोप्न स्थानीय उपभोक्तालाई सर्कुलर जारी गरेको पाठकले बताइन् ।



Developed by Smart Innovation