वन व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको धारणा

२१ जेठ, २०७७   |  ठाकुर भण्डारी

-ठाकुर भण्डारी 

नेपालमा सफल भएको सामुदायिक वनलाई असफल वनाउन केहि सामुदायिक वन विरोधी पक्षहरु लागिरहेका छन् ।  यसको एउटा उदाहरण दिगो वन व्यवस्थापनको विरुद्धमा ल्याइएको वैज्ञानिक वन कार्यक्रम हो । यस बारे यहाँ थोरै चर्चा गर्छु । 

वनको दिगो व्यवस्थापन भनेको  ?

हालको परम्परागत ज्ञानको आधारमा उपलब्ध उत्तम उपायहरु अपनाई विभिन्न वस्तु तथा सेवा प्राप्त गर्न र तिनीहरुको बहुउपयोगको लागि वनको व्यवस्थापन गर्नु हो जुन आर्थिक रुपले लाभप्रद, वातावरणीय हिसावले सुरक्षित र सामाजिक हिसाबले स्थानीय समुदायलाई स्वीकार्य हुनु पर्दछ । दिगो रुपमा व्यवस्थित वन र पारिस्थितिकीय प्रणालीले भावी सन्ततीहरुको लागि वनबाट प्राप्त हुने वस्तु तथा सेवाहरुको उपयोग गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै वर्तमान आवश्यकताको परिपुर्ति गर्दछ ।

सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनले पारेको नकारात्मक असर

- मानौ ८० हेक्टरको वनमा ८० प्लट वनाएर पहिलो वर्ष १ नं प्लटको सवै उमेरको रुख काटने वाकी ७९ प्लटको बुढो पुरानो सुकेको उमेर पुगेको रुख नकाटने विधि अवैज्ञानिक विधि हो ।

- समुदायवाट प्रति क्यूफिट रु १ हजार देखि १ हजार ५ सयमा टेण्डर हुने, तर बजारमा काठ ६ देखि ७ हजारसम्म यो कसरी भएको हो यसको उत्तर नै छैन । 

- यो विधि प्राकृतिक वनमा लागु हुदैन किनकी धान मकै गहु जस्तो एक पटक रोपेर एकै पटक पाक्ने होईन नेपालको वन प्राकृतिक वन हो । यहा विउ विरुवा देखि लाथ्रा पोल, वयस्क रुख उमेर पुगेका, ढलापढा,  खडा सवै उमेरको वन हो । त्यसैले वैज्ञानिक वनले पहिले सर्पट कटान गर्दछ भने छनौट विधि भनेर २÷४ वटा काम नलाग्ने खालका माउ राखेर सवै नाङ्गो बनाउँछ । कतै कतै गोरु वा टयाक्टरले जोतेर सालको विउ छरेका उदाहरण समेत छन् । 

- यो विधि १ सय वर्ष भन्दा अगाडी साम्रराज्यवादीहरुले आफनो स्वार्थ अनुरुप प्रयोग गरिएको विधि हो । यसको उदाहरण अग्रेजले भारतमा रेल वनाउन नेपालको अमलेखगंज तथा कञ्चनपुर सम्म रेल ल्याएर सालको काठ लगेका थिए ।साल सकिएछि रेल पनि वन्द गरे ।

- १० देखी २० लाख सम्म खर्च गरेर वनाएको कार्य योजनामा काठ कटान वाहेक अन्य जडीवुटी व्यवस्थापन, गैरकाठ व्यवस्थापन, पानीका मुहान संरक्षण र उपयोग जनावरको वासस्थान आदी कुनै पनि योजना वनाइदैन ।

- दिगो वन व्यवस्थापनको विरुद्धमा उपभोक्तालाई वैज्ञानिक भन्ने शव्दजालमा फसाउने काम गरिएको छ । 

- हिमालका खाली रहेका पाटन तथा खर्क व्यवस्थापन, मmाडी वुट्यान व्यवस्थापन, जडीवुटी खेती गर्ने, फलपुल तथा अन्य ठाउमा वन कर्मचारीले वैज्ञानिक वनको कार्ययोजना वनाउन नखोज्नु  

समाधानका उपाय 

- अहिलेकै वन श्रोत सर्वेक्षणलाई थप परिमार्जन गरी उपभोक्तालाई सहज वनाउनु पर्ने ।

- वन नीति, वन ऐन २०७६ र नियमावली २०५१ले दिएको व्यवस्था अनुसार वन व्यवस्थापन गर्नु पर्ने उपभोक्ताको चाहाना छ । आवश्यकता र निर्णयका आधारमा काम गर्न दिनु पर्ने ।

- आर्थिक पक्ष सालको काठसंग जोडेर अर्थ मात्र हेर्न नहुने

- वातावरणीय पक्ष जडीबुटी, गैरकाष्ट, कृषिवन, पर्यापर्यटन, जलवायू परिवर्तन, भूक्षय रोकथाम, जिवको वासस्थान, पानीका मुहान संरक्षण आदी पक्षको योजना वनाउनु पर्ने 

- सामाजिक पक्ष उपभोक्ता समुहको ज्ञान शिपर अनुभवको प्रयोग, परम्परागत मुल्य मान्यता, धर्म सस्कृती, आधारभूत आवश्यकता घास दाउरा सेउला पत्करको प्रयोग, चरीचरणको व्यवस्था लगायतका योजनाहरु संगसगै वनाउनु पर्ने



Developed by Smart Innovation