घुस लिने डिभिजन वन प्रमुख साह पक्राउ

९ साउन, २०७७   |  इकोखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो । घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा२झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो । 

आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।



Developed by Smart Innovation