चेपाङ्गका घरमा आगजनी प्रकरणः वार्डेन फिर्ता वोलाइयो

१५ साउन, २०७७   |  इकोखबर

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीलाई फिर्ता बोलाएको छ । 

माडी नगरपालिकाको वार्ड नम्वर ९ स्थित् कुसुमखोलामा रहेका चेपाङ्गको झुप्रामा आगो लगाएर भत्काएपछि रुपाखेती विवादमा आएका थिए । ३ साउनमा निकुञ्जले ७ वटा हात्ति लगाएर कुसुमखोलामा बस्दै आएका चेपाङ्गका झुप्रा भत्काउनुका साथै दुईवटामा आगजनी गरेको थियो । 

उक्त घटनापछि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको आलोचना भएको थियो । विभिन्न संघसंस्था र पार्टी भित्रबाटै आलोचना भएपछि मन्त्री बस्नेतले कार्वाही स्वरुप रुपाखेतीलाई प्रमुख संरक्षण अधिकृतबाट हटाएका हुन् । रुपाखेतीको स्थानमा बर्दियाका अणनाथ बराललाई ल्याइएको छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा विभागका सूचना अधिकारी एवम् योजना प्रमुख विष्णुप्रसाद श्रेष्ठलाई पठाइएको छ । 

 



Developed by Smart Innovation