वन मन्त्री आले र सचिव ओलीविच विवाद

१२ माघ, २०७७   |  इकोखबर

वन तथा वातावरण मन्त्री प्रेम आले र सचिव विश्वनाथ ओलीविच विवाद देखिएको छ । वन तथा वातावरण मन्त्री प्रेम आलेले वैज्ञानिक वन व्यवस्थापन लागु नभएका सामुदायिक वनको कार्ययोजना यथावत कार्वान्यन गर्ने, वैज्ञानिक व्यवस्थापन लागु भएका सामुदायिक वनको काठ समूहलाई नदिने र त्यसलाई छानविन गरी दोषि पदाधिकारी तथा वन कर्मचारीलाई कार्वाही गर्ने गरी फाइल तयार गर्न सचिव ओलीलाई निर्देशन दिएपछि मन्त्री र सचिवबीच कुरा मिल्न छोडेको हो । 

मन्त्री आलेमगर पहिल्यदेखि नै वैज्ञानिक वन व्यवस्थापनको पक्षमा थिएनन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गरेको वैज्ञानिक वनको छानविन उपसमितिमा बसेर काम गरेका उनले पहिल्यदेखि वैज्ञानिक वन व्यवस्थापनको विरोध गर्दै आएका थिए । त्यही कुरालाई मन्त्री भएपछि लागु गराउँदा विवाद देखिएको हो । 

 



Developed by Smart Innovation