अब वनहरुलाई पर्यापर्यटनसँग जोडौंः मन्त्री गिरी

१५ माघ, २०७७   |  इकोखबर

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री लिला गिरीले अब वनहरुलाई पर्यापर्यटनसँग जोडनु पर्ने बताएका छन् । घाँस ,दाउरा र परम्परागत रुपमा मात्र अब वन र समुदायको विकास अघि बढ्न नसक्ने भन्दै मन्त्री गिरीले वनलाई अब फरक तरिकाले अगाडि बढाउनु पर्ने बताए । 

आनन्दवन सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा ६ को २७ औ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै मन्त्री गिरीले अब वनलाई तपोवनको रुपमा विकास गर्न सकिने बताए । उनले तिनाउ करिडोरको काम सुरु भएकाले विकाससँगै वन क्षेत्र भित्र पर्यटन विकासमा सहयोग पुग्ने बताए । 
  कार्यक्रममा बोल्दै पर्यटन विभाग लुम्बिनीका प्रमुख मुक्ति पाण्डेले वनलाई पर्यटनसँग जोड्न सकिने बताए । उनले तिलोत्तमा नदी आफैमा ऐतिहासीक भएकाले यो नदीसँग जोडिएको वन क्षेत्रमा पर्यटन विकासका लागि आफुले सहयोग गर्ने बताए ।  सब डिभिजन बन कार्यालय तिलोत्तमाका पुर्व प्रमुख गिरिप्रसाद गैरेले बगरमा बगाएको स्थानीयको पसिना अहिले फुल्न थालेको भन्दै खुसी ब्यतm गरे । उनले अब वन क्षेत्रलाई फुलबारीको रुपमा विकास गर्नु पर्ने भन्दै सबै उपभोक्ताको सक्रियताले त्यो सम्भव भएको दाबी गरे । 

  कार्यक्रममा तिलोत्तमा सब डिभिजन वन कार्यालय रामनगरका प्रमुख बलराम पोख्रेल, तिलोत्तमा वडा नं. ६ का वडा अध्यक्ष सुखदेव न्यौपाने, आनन्दवन मधुवन सामुदायिक वनका अध्यक्ष धु्रव्र कुमार लगायतले सामुदायिक वनको विकासका लागि सहकार्य गरेर काम गर्न सकिने बताएका थिए । उनीहरुले सरकार र स्थानीयको सक्रियतामा वनको विकासमा अ िघबढन सकिने बताए । 
  



Developed by Smart Innovation