उपभोक्तालाई वनका कानुनी र व्यवहारिक पक्ष बुझाउन सुरु गरियो ‘जनतासंग वन कार्यक्रम’

३० माघ, २०७७   |  इकोखबर

जिल्ला वन कार्यालय डढेलधुराले वनसंग सम्वन्धी ऐन, नियम तथा व्यवहारिक पक्षका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्यले जनतासंग वनका कुरा कार्यक्रम सञ्चालन गरेको छ ।

डिभिजन वन कार्यालय डढेलधुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यसवर्ष जिल्लाका ३६ वटा समूहमा जनतासंग वनका कुरा कार्यक्रम सञ्चालन गरिने छ । जसमध्ये सामुदायिक वन उपभोक्ता तर्फ ३२, कबुलियति वन तर्फ ४ गरी ३६ वटा समूहहरु रहेका छन् । गतवर्ष  आठवटा उपभोक्ता समूहमा कार्यक्रम गरिएकोमा त्यसबाट प्राप्त सुझावका आधारमा यसवर्ष थप समूहमा कार्यक्रम गर्न लागिएको हो । 

जनतासंग वनका कुरा कार्यक्रममा उपभोक्तासंग गएर प्रत्यक्ष संवाद मार्फत उनीहरुका समस्या, गुनासो र अपेक्षा सुन्ने र छलफल गरिने डिभिजनल वन अधिकृत आचार्यले बताए । यस्ता छलफल कार्यक्रममा 
सर्वसाधारणका साथै वन कर्मचारी, सम्वन्धित पालिकाका प्रतिनिधि सहभागी हुन्छन् । यस आर्थिक वर्षमा अमरगढी नगरपालिकामा मात्रै १२ समूहमा यो कार्यक्रम सम्पन्न हुने छ । 

समूहबाट  प्राप्त भएका प्रतिकृया तथा सुझावको आधारमा कमिकमजोरीलाई सुधार गर्दै गरिवि, निवारण तथा वन व्यवस्थापनमा सक्रिय भएर लाग्न सहयोग मिल्ने आचार्य बताउँछन् । आगामी चैत मसान्तसम्म जनतासंग वनका कुरा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य डिभिजन वन कार्यालयले राखेको छ । 



Developed by Smart Innovation