फेकोफनको राष्ट्रिय परिषद मंंगलबारदेखि

१७ फागुन, २०७७   |  इकोखबर

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) को राष्ट्रिय कार्यसमिति वैठक तथा आठौं परिषद सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । आज पहिलो दिन महासंघको कार्यसमितिको वैठक वस्यो । मंगलबार राष्ट्रिय परिषद वैठक सुरु हुँदैछ । तीन दिनसम्म चल्ने परिषद वैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाट्न गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौको प्रज्ञा भवनमा हुने परिषद वैठकमा सहभागिताका लागि देशभरका जिल्ला महासंघ, पालिका महासंघका पदाधिकारी तथा प्रतिनिधि गरी १ हजार २ सय जनाको सहभागिता रहने महासंघकी अध्यक्ष भारती पाठकले बताइन् । 

उनका अनुसार परिषदले महासंघको स्थायी समितिको चयन गर्नुका साथै महासंघ स्थापना भएयताका २५ वर्षसम्म भए गरेका कामको समिक्षा हुने छ । 

 



Developed by Smart Innovation