नीजि वनलाई पनि धितोका रुपमा स्वीकार गर्ने व्यवस्था गर्न माग

२४ फागुन, २०७७   |  इकोखबर

निजी वनलाई धितोका रुपमा राखी ऋण लिन पाइने व्यवस्था लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । 

पारिवारिक नीजि वन नेपालको सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले उक्त माग गरेका हुन् । साँसद घनश्याम खतिवडाले पारिवारिक तथा निजी वनहरुलाई व्याकं तथा वित्तिय संस्थाहरुले धितोका रुपमा स्वीकार नगर्ने प्रचलन भएको बताउँदै पारिवारिक तथा नीजि वनलाई पनि धितोका रुपमा स्वीकार गरेर किसानहरुलाई ऋण दिइनुपर्ने बताए । 

पारिवारिक तथा नीजि वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरिले वनमा किसानहरुको सम्पती माथिको अधिकार स्थापना र कृषि बाली सरह रुख तथा काठहरु बेच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने बताए । उनले त्यसो हुँदामात्र  सम्बृद्ध नेपाल सुखी नेपालीको राष्टिय आकंक्षा पुरा हुने बताए । 

वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले वन तथा वातावरण मन्त्रालयले सिंचाइको व्यवस्था गरी नीजि वनमा जडीबुटी रोपण गर्न राज्यले सहयोग गर्ने योजना ल्याउँदै गरेको बताए ।

पारिवारिक नीजि वन संघ नेपाल २४ फागुन २०७१ मा  स्थापना भएको थियो ।



Developed by Smart Innovation