रुख तथा जडीबुटी माथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग

२५ फागुन, २०७७   |  इकोखबर

पारिवारिक नीजि वन संघ (एफोन) नेपालले पारिवारिक निजी वनलाई सम्पूर्ण नियमन गर्ने तहको अधिकार सहित स्थानीय सरकारको कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्न माग गरेको छ । संघको हालै सम्पन्न वैठकले गरेको यस्तो माग गरेको हो । 

नेपालको वन क्षेत्र सम्बन्धि कुनै पनि नीति, ऐन तथा निर्देशिका तथा योजनाहरु निर्माण र कार्यान्वयन गर्दा पारिवारिक निजी वन क्षेत्रको अर्थपूर्ण सहभागिताको सुनिश्चितता, संविधानले व्यक्तिको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गरेको अवस्थामा आफ्नो खेतबारीमा हुर्काइएका उत्पादित काठजन्य तथा जडिबुटीजन्य बस्तुहरुको ओसारपसारमा रहेको झन्झटिला नीतिगत तथा व्यवहारिक अवरोध अन्त्य गर्दै किसानको आर्थिक समृद्घिका लागि सहजीकरणको गर्न पनि माग गरिएको छ । 

व्यक्तिको स्वामित्वमा रहेका विभिन्न प्रजातीका (साल तथा उत्तिस लगायतका) रुख तथा जडीबुटी माथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न पनि एफोनको वैठकले सरकारसंग माग गरेको छ । 

अन्य वन क्षेत्रमा तिनिै प्रजातिका रुख काट्न पाउने तर व्यक्तिका निजी अधिकार भएको जग्गामा रहेका रुख काट्न नपाउनु स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिको  अधिकारको ठाडो उल्लघंन ठहर गरिएको छ । 
वन उद्यम स्थापनामा वाधकका रुपमा रहेको दुरी सम्बन्धी कानुनी प्रावधान तत्काल पुर्नविचार गरी उद्यम स्थापनाको लागि सरल र सहज वातावरण बनाई किसानहरुलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रकारका नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न समेत एफोनले माग गरेको छ ।



Developed by Smart Innovation