सरकारी निर्णयको प्रभाव : वनमा काठ कुहिएका छन्, शव जलाउन पनि दाउरा पाउँदैनन् उपभोक्ता

२९ फागुन, २०७७   |  इकोखबर


वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फंडानी भएको भन्दै सरकारले १५ जेठ २०७७ मा देशभर लगाएको काठ दाउराको विक्रि वितरण सवै ठाउँमा नखुल्दा स्थानीय स्तरमा  समस्या आएको छ । 

देवचुली नगरपालिका १६ का पदमबहादुर क्षेत्रीको मृत्युहुँदा शव जलाउनका लागि धुसेरी सामुदायिक वनले दाउरा दिन सकेन ।

क्षेत्रीको मृत्यु भएपछि शव जलाउन र १२ दिने काजक्रियाका लागि क्षेत्रीका छिमेकीले धुसेरी सामुदायिक वनमा दाउरा मागेका थिए । क्षेत्री परिवारले होइन यस्तो समस्या भोग्ने अरु परिवार पनि छन् ।देवचुली १६ का कलेश्वर थारुको मृत्युहुँदा पनि सामुदायिक वनले दाउरा उपलब्ध गराउन सकेन । धुसेरी सामुदायिक वनका अध्यक्ष लोकबहादुर कार्कीका अनुसार धुसेरी सामुदायिक वनका १ हजार १९० उपभोक्ता मध्ये महीनाको १० देखि १५ जनाको मृत्युका घटना हुन्छन् ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फंडानी भएको भन्दै सरकारले १५ जेठ २०७७ मा देशभर लगाएको काठ दाउराको विक्रि वितरण नखुल्दा स्थानीय स्तरमा यो समस्या आएको हो । धुसेरी सामुदायिक वनले काठ दाउराको प्रतिवन्ध लगाउनु अघि आफ्ना उपभोक्ताहरुभीत्र मृत्युहुँदा अन्तिम संस्कारका लागि नि शुल्क रुपमा दाउरा उपलब्ध गराउँथ्यो । 

मृत्युहुँदा शव जलाउनका लागि सामुदायिक वनमा दाउरा माग गर्दछन् । “शव जलाउन पनि हामीले दाउरा दिन सकेका छैनौं, हाम्रो उपभोक्तामा महिनाको १० देखि १५ जनाको मृत्युका घटना भएका छन्,” धुसेरी सामुदायिक वनका अध्यक्ष लोकबहादुर कार्की भन्छन् “अन्तिम संस्कारमा दाउरा उपलब्ध गराउन नसक्दा दुख लाग्छ ।”

वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फंडानी भएको भन्दै सरकारले १५ जेठ २०७७ मा देशभर लगाएको काठ दाउराको विक्रि वितरण नखुल्दा स्थानीय स्तरमा यो समस्या आएको हो । धुसेरी सामुदायिक वनले काठ दाउराको प्रतिवन्ध लगाउनु अघि आफ्ना उपभोक्ताहरुभीत्र मृत्युहुँदा अन्तिम संस्कारका लागि नि शुल्क रुपमा दाउरा उपलब्ध गराउँथ्यो । 

डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन प्रमुख मोहन काफ्ले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका साुमदायिक वनमा काठ दाउराको विक्रि वितरण, संकलन तथा ढुवानी लगायत सम्पूर्ण प्रक्रिया रोकिएकाले उपभोक्ताहरुलाई समस्या भएको बताउँछन् ।

सरकारले गत माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु नभएका सामुदायिक वनको हकमा भने विक्रि, वितरण, संकलन, कटान खुल्ला गर्ने निर्णय गरेको थियो । धुसेरी सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको वन अन्र्तगत पर्दछ । सरकारको निर्णयले वनमा प्रयाप्त काठ दाउरा हुँदा पनि उपभोक्तालाई उपलब्ध गराउन नसकिएको वन उपभोक्ता समूहका अध्यक्ष कार्की बताउँछन् । 
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका वनका हकमा वनमा रहेको काठको लगत संकलन गरेर १५ दिनभित्र उपलब्ध गराउनुपर्ने मन्त्रीपरिषदले निर्णय गरेको भएपनि अहिलेसम्म सवै डिभिजन वन कार्यालयहरुले लगत पठाएका छैनन् । 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनको हकमा वनमा रहेका काठको लगत संकलन गरेर प्रदेश सरकारलाई पठाउन पत्राचार गरिएको र लगत आएपछि खुल्ला गर्ने बताउँछन् ।

मृत्युको संस्कारमा मात्र होइन, मानिसले घर बनाउन काठ दाउरा पनि पाएका छैनन् । धुसेरी सामुदायिक वनका उपभोक्ता शिवहरी अधिकारीले घरको लागि आवश्यक झ्याल ढोकाको लागि वनमा काठ दाउरा माग गरेर निवेदन दिएका छन् । तर, उनले वनबाट काठ पाएका छैनन् ।

रत्न प्रसाद सापकोटा, वसन्ती पुडासैनी, रामप्रसाद पौडेल, धनबहादुर क्षेत्रीले निवेदन दिएपनि काठ पाउन सकेका छैनन् । धुसेरी सामुदायिक वन उपभोक्त समूहका अनुसार वनमा घर बनाउने प्रयोजनका लागि ३ सय ५० जना उपभोक्ताले करिव २० हजार क्वीफिट काठ माग गरेर निवेदन दिएका छन् । ती सवै निवेदन यत्तिकै थन्किएका छन् ।

मृत्युको संस्कारमा मात्र होइन, मानिसले घर बनाउन काठ दाउरा पनि पाएका छैनन् । धुसेरी सामुदायिक वनका उपभोक्ता शिवहरी अधिकारीले घरको लागि आवश्यक झ्याल ढोकाको लागि वनमा काठ दाउरा माग गरेर निवेदन दिएका छन् । तर, उनले वनबाट काठ पाएका छैनन् ।

सामुदायिक वनका अध्यक्ष लोक बहादुर कार्की भन्छन् “वनमा काठ कुहिन थालेको छ । हामीले उपभोक्तालाई दिन पाएका छैनौं ।”

हुनपनि धुसेरी सामुदायिक वनको घाटगद्दीमा रहेको काठले मात्र पनि उपभोक्ताको मागलाई धान्न सक्छ । घाटगद्दीमा रहेको काठ पनि कुहिएर जाने अवस्थामा पुगेको छ । वनमा ढलापढा मात्र संकलन गर्दा पनि २० हजार क्वीफिट काठ रहेको अध्यक्ष कार्की बताउँछन् । 

वेथितीको सम्भावना 

काठ संकलन तथा विक्रि वितरणमा लामो समयसम्म अवरोध हुँदा वनमा वेथितिको सम्भावना बढेको छ ।

आफैले संरक्षण गरेको वनबाट आवश्यक परेको वेलामा काठ दाउरा नपाउँदा उपभोक्तामा नैरश्यता बढेको धुसेरी सामुदायिक वनकी कार्यसमिति सदस्य गोमा क्षेत्री बताउँछिन् । उनी भन्छिन् “वनमा चोरीको सम्भावना बढेको छ । त्यस्ता क्रियाकलाप सुरु भएका छन् । माग्दा नपाएपछि मानिसले लुकिछिपि वनमा पस्ने गर्न थालेका छन् ।” 

त्यतिमात्र होइन, वन जंगलमा डढेलोको समस्या झन बढ्ने खतरा छ, यसपाली । किनभने काठ दाउरा नपाउँदा उपभोक्ताले डढेलो नियन्त्रणका लागि पहल नगर्ने र आफै आगो झोंस्ने खतरा बढेको धुसेरी सामुदायिक वनका अध्यक्ष कार्की बताउँछन् । 

 



Developed by Smart Innovation